झापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ ।
केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ ।
यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो गाउँपालिकाको बजेट ३० करोड ९९ लाख रुपैयाँ रहेको छ । यसैगरी अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको छ । कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख विनियोजन भएको छ । यस्तै भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।
कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख , गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यसैगरी झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
कार्यसम्पादनको आधारमा झापामा सबैभन्दा बढी बजेट गौरीगञ्ज गाउँपालिकाले प्राप्त गरेको छ । कार्यसम्पादनमार्फत मात्रै यो गाउँपालिकामा ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
दोस्रोमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको समान अंक रहेको छ । यी दुवै पालिकाले ५६ लाख रुपैयाँ कार्यसम्पादनका आधारमा थप बजेट पाएका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…