झापाका पालिकाहरूका लागि रकम विनियोजन, सबैभन्दा बढी रकम मेचीनगरलाई

झापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ ।

केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ ।

यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो गाउँपालिकाको बजेट ३० करोड ९९ लाख रुपैयाँ रहेको छ । यसैगरी अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको छ । कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख विनियोजन भएको छ । यस्तै भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।

कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख , गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यसैगरी झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कार्यसम्पादनको आधारमा झापामा सबैभन्दा बढी बजेट गौरीगञ्ज गाउँपालिकाले प्राप्त गरेको छ । कार्यसम्पादनमार्फत मात्रै यो गाउँपालिकामा ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

दोस्रोमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको समान अंक रहेको छ । यी दुवै पालिकाले ५६ लाख रुपैयाँ कार्यसम्पादनका आधारमा थप बजेट पाएका हुन् ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago