कुश्मीसेरामा हात्तीपाइलेका बिरामी धेरै , लामखुट्टे नियन्त्रण गर्न सकस

बागलुङ: बागलुङ–१४ को नारायणस्थान र जैमिनी–१ को कुश्मीसेरामा हात्तीपाइलेका बिरामी धेरै छन् । गर्मी लागेपछि यहाँ कालाजार, जापनिज इन्सेफ्लाइट्स, मलेरिया, डेंगुलगायत रोग देखिने गरेका छन् । यस्ता रोगका कारण हरेक वर्ष जनस्वास्थ्य सुरक्षामा लाखौं लगानी भइरहेको छ । जनस्वास्थ्य समस्याका रूपमा पनि देखिएकाले स्वास्थ्यकर्मी चिन्तित छन् ।
यो वर्ष पनि भेटिएका हात्तीपाइलेका रोगीमध्ये आधा बढी नारायणस्थान र त्यसपछि कुश्मीसेरामा भेटिएका छन् । अन्य रोगको जोखिमसमेत यहींबाट बढेपछि जनस्वास्थ्य सरोकारको विषय बनेको हो । ‘सबै प्रकारका रोगको संक्रमण हुन सक्ने स्थान भएकाले सम्भव हुनेसम्मको संयन्त्र प्रयोग गरेर नियन्त्रण र निवारण प्रयास सुरु भएको छ,’ बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘हात्तीपाइलेको औषधि खाएको अनिवार्य कार्ड बनाउने, अन्य रोग नियन्त्रणमा पनि अनिवार्य सहभागी बन्नुपर्ने प्रावधान तोकिएको छ ।’

नारायणस्थानमा मात्रै १६ वटा टोलमा रहेका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र अन्य युवा क्लब परिचालन गरेर रोगबारे तालिम दिइएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले बताए । वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘वडाले मात्र महामारी निवारण तथा लामखुट्टे नियन्त्रण सम्भव छैन ।’ यहाँ अनुकूल वातावरण भएकाले हरेक प्रकारका लामखुट्टे भेटिने खनालको भनाइ छ । ‘क्युलेस प्रकारको लामखुट्टेले हात्तीपाइले, एनाफेली नामक लामखुट्टेले मलेरिया र आदेश नामक लामखुट्टेले डेंगु सार्ने अध्ययनले देखाएको छ,’ खनालले भने, ‘यस्ता सबै रोग सार्ने लामखुट्टे यहाँ भेटिएका छन् ।’

जनस्वास्थ्य समस्या देखिएपछि घरघरमा पुगेर सरसफाइबारे चेतना दिने, प्रत्येक घरका नागरिक सहभागी भएर खाल्डाखुल्डी र फोहोर पानीका आहाल पुर्ने काम भइरहेको शर्माको भनाइ छ । ‘दिनभर सबैलाई काममा लगाएर सरसफाइ अभियान चलाएका छौं,’ शर्माले भने । दक्ष स्वास्थ्यकर्मी नहुँदा जनस्वास्थ्यका विद्यार्थी झिकाएको उनले बताए । महामारी रोग नियन्त्रण तथा किटजन्य रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यहाँ ९ प्रकारका रोग सार्ने लामखुट्टे भेटिएको थियो ।

कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीसेरा सडक छेउमा खुलेका दर्जनौं रेस्टुरेन्टमा पनि शुद्ध र सफाइ खाना खुवाउन आग्रह गरिएको खत्रीले बताए । ‘यहाँ सबैभन्दा बढी डेंगु र जापनिज इन्सेफ्लाइटिस रोगको डर छ,’ शर्माले भने, ‘गर्मी र वर्षात्मा धेरै रोगको सामना गर्नुपरेको छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago