काठमाडौं: सूचना लुकाउनेमा स्थानीय तह अग्रपंक्तिमा देखिएका छन् । राष्ट्रिय सूचना आयोगका अनुसार सूचना नदिएको भन्दै सबैभन्दा धेरै स्थानीय तहबारेका उजुरी पर्ने गरेका छन्। आयोगका अनुसार आर्थिक वर्ष ०७७।७८ मा आयोगमा आएका उजुरीमध्ये ७३ प्रतिशत उजुरी स्थानीय तहले सूचना उपलब्ध नगराएकोबारे छन्।
आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा सात सय ५३ उजुरी परेको र यसमध्ये सबैभन्दा बढी ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको उल्लेख गरेको छ। आयोगका अनुसार स्थानीय तहपछि शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित सात प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित चार प्रतिशत र कानुन, न्याय र प्रशासनसँग सम्बन्धित चार प्रतिशत उजुरी परेका छन्। आयोगले यस अवधिमा परेका उजुरीमध्ये ९८.७ प्रतिशत फर्स्याेट गरेको जनाएको छ ।
संविधानको धारा २७ अनुसार सार्वजनिक सूचना माग गर्दा सूचना उपलब्ध नगराएमा सूचना आयोगमा उजुरी गर्न सकिने व्यवस्था रहेको छ। आयोगले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न स्थानीय तह उदासीन देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…