सूचना लुकाउनेमा स्थानीय तह अग्रपंक्तिमा

२०७८, २० माघ बिहीबार ०८:२५

काठमाडौं: सूचना लुकाउनेमा स्थानीय तह अग्रपंक्तिमा देखिएका छन् । राष्ट्रिय सूचना आयोगका अनुसार सूचना नदिएको भन्दै सबैभन्दा धेरै स्थानीय तहबारेका उजुरी पर्ने गरेका छन्। आयोगका अनुसार आर्थिक वर्ष ०७७।७८ मा आयोगमा आएका उजुरीमध्ये ७३ प्रतिशत उजुरी स्थानीय तहले सूचना उपलब्ध नगराएकोबारे छन्।
आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा सात सय ५३ उजुरी परेको र यसमध्ये सबैभन्दा बढी ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको उल्लेख गरेको छ। आयोगका अनुसार स्थानीय तहपछि शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित सात प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित चार प्रतिशत र कानुन, न्याय र प्रशासनसँग सम्बन्धित चार प्रतिशत उजुरी परेका छन्। आयोगले यस अवधिमा परेका उजुरीमध्ये ९८.७ प्रतिशत फर्स्याेट गरेको जनाएको छ ।
संविधानको धारा २७ अनुसार सार्वजनिक सूचना माग गर्दा सूचना उपलब्ध नगराएमा सूचना आयोगमा उजुरी गर्न सकिने व्यवस्था रहेको छ। आयोगले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न स्थानीय तह उदासीन देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु