धोबीखोला कोरिडोरमा अतिक्रमित संरचना हटाइयो

काठमाडौं: धोबीखोला कोरिडोर सडकमा अनधिकृत रूपमा राखिएको निर्माण सामग्री र अतिक्रमित संरचना हटाउने काम शुरू भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडकमा अवैध रूपमा राखिएका निर्माण सामग्री र संरचना हटाउने काम अगाडि बढाउनुभएको हो ।

सडक आसपासको क्षेत्रमा राखिएको निर्माण सामग्री हटाउन दिएको निर्देशन स्थानीयले अटेर गरेपछि मन्त्री झाँक्री नै स्थलगत रूपमा खटिएर सडकमा राखिएको निर्माण सामग्री हटाइएको हो । अनामनगरको भाटभटेनीदेखि मैतीदेवीको क्षेत्रमा राखिएको निर्माण सामग्री र अवैध संरचना हटाउन मन्त्री झाँक्री आफैं काठमाडौं महानगरका प्रतिनिधि, ट्राफिक प्रहरी र काठमाडौं उपत्यका प्राधिकरणका कर्मचारीसहितको टोली लिएर त्यहाँ पुग्नुभएको थियो । डोजर लगाएर त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामग्रीका साथै सडकका फुटपाथ ओगटेर राखिएका पसल, ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको छ ।
धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माण सामग्री राख्दा पैदल यात्रुहरूलाई हिंडडुल गर्न नै समस्या परेको छ ।

मन्त्री झाँक्रीले अवैध निर्माण सामग्री राख्दा अस्तव्यस्त बनेको कोरिडोरलाई व्यवस्थित बनाउने अभियान शुरू गरिएको जानकारी दिँदै भम्नुभयो–‘फुटपाथमा पसलमा राख्ने, जथाभावी रूपमा निर्माण सामग्री राख्दा पैदल यात्रुलाई हिडने ठाउँ नै भएन । काठमाडौं उपत्यका विकास प्राधिकरणले अनधिकृत रूपमा राखिएका निर्माण सामग्री हटाउन सूचना जारी गर्दा पनि अटेर गरेकाले सार्वजनिक स्थानमा राखिएका निर्माण सामग्री डोजर लगाएर हटाएका हौं ।’ उहाँले फुटपाथमा निर्माण सामग्री राख्न कार्य गलत भएको बताउँदै सडकलाई राम्रो र व्यवस्थित बनाउनु सार्वजनिक सरोकारको विषय बन्नुपर्ने बताउनुभयो ।

सडक पेटीमा छाप्रो हाल्ने कार्य तत्काल रोक्न आग्रह गर्दै झाँक्रीले भन्नुभयो–‘सरकारले गलत काम गर्नेलाई कारबाही पनि गर्ने व्यवस्था गरेको छ । तर, कारबाही उपचार होइन भनेर हामीले सांकेतिक रूपमा पहिलो चरणमा सचेतना जगाउन डोजर लगाएर सडकमा राखिएको निर्माण सामग्री हटाएका हौं ।’

उहाँले कोरिडोरलाई व्यवस्थित बनाउन सौन्दर्यकरण काम अगाडि बढाइएको बताउँदै सडक क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्ने, अन्डरपासलाई व्यवस्थित गर्ने काम पनि एक साथ अगाडि बढाइएको बताउनुभयो । उपत्यका विकास प्राधिकरण, विद्युत् प्राधिकरण, केयुकेएल र महानगरपालिकासँग समन्वय गरेर फुटपाथलाई व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिने बताउँदै मन्त्री झाँक्रीले ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाउने बताउनुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले कोरिडोरलाई व्यवस्थित बनाउन जनप्रतिनिधिहरूसँग छलफल भइरहेको जानकारी दिनुभयो । काठमाडौं उपत्यका प्राधिकरणका नायव विकास आयुक्त नारायण भण्डारीले फुटपाथलाई अतिक्रमण हुन नदिन नियमित रूपमा अनुगमन गरिने र सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिने बताउनुभयो । उहाँले जथाभावी फोहोर फ्याँक्ने कामलाई रोक्न ठाउँठाउँमा सीसी क्यामेरा राखेर अनुगमन गरिने पनि बताउनुभयो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago