धोबीखोला कोरिडोरमा अतिक्रमित संरचना हटाइयो

काठमाडौं: धोबीखोला कोरिडोर सडकमा अनधिकृत रूपमा राखिएको निर्माण सामग्री र अतिक्रमित संरचना हटाउने काम शुरू भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडकमा अवैध रूपमा राखिएका निर्माण सामग्री र संरचना हटाउने काम अगाडि बढाउनुभएको हो ।

सडक आसपासको क्षेत्रमा राखिएको निर्माण सामग्री हटाउन दिएको निर्देशन स्थानीयले अटेर गरेपछि मन्त्री झाँक्री नै स्थलगत रूपमा खटिएर सडकमा राखिएको निर्माण सामग्री हटाइएको हो । अनामनगरको भाटभटेनीदेखि मैतीदेवीको क्षेत्रमा राखिएको निर्माण सामग्री र अवैध संरचना हटाउन मन्त्री झाँक्री आफैं काठमाडौं महानगरका प्रतिनिधि, ट्राफिक प्रहरी र काठमाडौं उपत्यका प्राधिकरणका कर्मचारीसहितको टोली लिएर त्यहाँ पुग्नुभएको थियो । डोजर लगाएर त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामग्रीका साथै सडकका फुटपाथ ओगटेर राखिएका पसल, ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको छ ।
धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माण सामग्री राख्दा पैदल यात्रुहरूलाई हिंडडुल गर्न नै समस्या परेको छ ।

मन्त्री झाँक्रीले अवैध निर्माण सामग्री राख्दा अस्तव्यस्त बनेको कोरिडोरलाई व्यवस्थित बनाउने अभियान शुरू गरिएको जानकारी दिँदै भम्नुभयो–‘फुटपाथमा पसलमा राख्ने, जथाभावी रूपमा निर्माण सामग्री राख्दा पैदल यात्रुलाई हिडने ठाउँ नै भएन । काठमाडौं उपत्यका विकास प्राधिकरणले अनधिकृत रूपमा राखिएका निर्माण सामग्री हटाउन सूचना जारी गर्दा पनि अटेर गरेकाले सार्वजनिक स्थानमा राखिएका निर्माण सामग्री डोजर लगाएर हटाएका हौं ।’ उहाँले फुटपाथमा निर्माण सामग्री राख्न कार्य गलत भएको बताउँदै सडकलाई राम्रो र व्यवस्थित बनाउनु सार्वजनिक सरोकारको विषय बन्नुपर्ने बताउनुभयो ।

सडक पेटीमा छाप्रो हाल्ने कार्य तत्काल रोक्न आग्रह गर्दै झाँक्रीले भन्नुभयो–‘सरकारले गलत काम गर्नेलाई कारबाही पनि गर्ने व्यवस्था गरेको छ । तर, कारबाही उपचार होइन भनेर हामीले सांकेतिक रूपमा पहिलो चरणमा सचेतना जगाउन डोजर लगाएर सडकमा राखिएको निर्माण सामग्री हटाएका हौं ।’

उहाँले कोरिडोरलाई व्यवस्थित बनाउन सौन्दर्यकरण काम अगाडि बढाइएको बताउँदै सडक क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्ने, अन्डरपासलाई व्यवस्थित गर्ने काम पनि एक साथ अगाडि बढाइएको बताउनुभयो । उपत्यका विकास प्राधिकरण, विद्युत् प्राधिकरण, केयुकेएल र महानगरपालिकासँग समन्वय गरेर फुटपाथलाई व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिने बताउँदै मन्त्री झाँक्रीले ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाउने बताउनुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले कोरिडोरलाई व्यवस्थित बनाउन जनप्रतिनिधिहरूसँग छलफल भइरहेको जानकारी दिनुभयो । काठमाडौं उपत्यका प्राधिकरणका नायव विकास आयुक्त नारायण भण्डारीले फुटपाथलाई अतिक्रमण हुन नदिन नियमित रूपमा अनुगमन गरिने र सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिने बताउनुभयो । उहाँले जथाभावी फोहोर फ्याँक्ने कामलाई रोक्न ठाउँठाउँमा सीसी क्यामेरा राखेर अनुगमन गरिने पनि बताउनुभयो ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago