पेट्रोल लिटरमा ३५ र डिजलमा ३६ रुपैयाँ मूल्य बढ्यो, अर्थतन्त्रमा कस्तो प्रभाव पर्दैछ ?

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि लगातार आयल निगमले मूल्य बढाइरहेको छ। एक वर्षको अवधिमा पेट्रोल लिटरमा ३५ रुपैयाँ, डिजल तथा मट्टितेलमा लिटरमा ३६ रुपैयाँ र ग्यास सिलिन्डरमा दुई सय रुपैयाँ मूल्य बढिसकेको छ।

२०७७ असोज १५ गते एक सिलिण्डर ग्यासको १३७५ रुपैयाँ, पेट्रोलको १ सय ७ रुपैयाँ र डिजल तथा मट्टितेलको ८९ रुपैयाँ थियो। मंगलबार भाउ बढाएपछि पेट्रोल लिटरको १ सय ४२ रुपैयाँ, डिजल तथा मट्टितेलको लिटरको १ सय २५ रुपैयाँ पुगिसकेको छ भने ग्यास सिलिण्डरको १५ सय ७५ रुपैयाँ छ।

इन्धनको मूल्यवृद्धिले सामान्य नागरिकदेखि औद्योगिक उत्पादनमा असर देखिन थालिसकेको छ। नागरिकले महँगीको मार खेपेका छन् भने औद्योगिक उत्पादनको लागत महँगो भएको छ। त्यसले अर्थतन्त्रमा समेत असर देखिन थालिसकेको छ। तर सरकार यति बेमतलबी बनेको छ की इन्धनको मूल्य वृद्धिबाट हुने असरको अध्ययन समेत गरेको छैन।

इन्धनको मूल्यवृद्धिले ढुवानी यातायात उद्योगधन्दाको लागत बढ्दै गएको छ।इन्धनको मूल्यवृद्धिले उपभोक्तादेखि औद्योगिक उत्पादनमा समेत प्रत्यक्ष असर गर्छ। कच्चा पदार्थ आयात र उत्पादित सामान बजारसम्म पुर्‍याउँदा ढुवानी भाडा बढ्छ। राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको ६ महिनामा मूल्यवृद्धि ६.१५ प्रतिशत छ।

मूल्यवृद्धिको तथ्यांकले राष्ट्र बैंकले मौद्रिक नीतिमा राखेको ६.५ प्रतिशतको लक्ष्य प्राप्त नहुने देखिइसकेको छ। अझ अर्थशास्त्रीहरुले दोहोरो अंकको मूल्यवृद्धि हुने बताइसकेका छन्। मूल्य वृद्धिमा प्रत्यक्ष रुपमा इन्धनको भाउले पनि भुमिका खेलेको छ। ढुवानी भाडा बढ्ने वित्तिकै सबै वस्तुको मूल्य बढ्छ।

कतिपय उद्योगले बोइलरदेखि विजुली नपुगेको र नभएको अवस्थामा डिजललाई उर्जाको रुपमा खपत गर्नुपर्दा औद्योगिक लागत पनि महँगो पर्छ।

सवारी साधनको भाडा बढाउन दबाब

डिजलको मूल्य बढ्दा ढुवानीको भाडा वृद्धि गर्न नेपाल ट्रक व्यवसायी महासंघले यातायात व्यवस्था विभागसँग माग गरिसकेको छ। प्रतिलिटर १ सय ४ रुपैयाँ डिजेलको मूल्य हुँदा तोकिएको भाडा तत्काल बढाउन माग गरेको महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए।

उनका अनुसार अहिले भैरहवादेखी काठमाडौंको प्रतिकिलो भाडा २ रुपैयाँ ३० पैसा छ। अध्यक्ष श्रेष्ठले भने-‘भैरहवा-काठमाडौं एक ट्रकको लागि २ सय लिटर डिजल लाग्छ। डिजेलको मूल्य २१ रुपैयाँले बढ्दा ४२ सय डिजल महँगो तिर्नुपरिरहेको छ। त्यसैले हामीले प्रतिट्रिप ८ हजार भाडा बढाउन आवश्यक छ।’ ढुवानी भाडा बढ्दा त्यसले सबै वस्तुको मूल्य बढ्छ।

यस्तै यातायात व्यवसायीले पनि भाडा बढाउन विभागसँग माग गरिसकेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले वैज्ञानिक भाडादर अनुसार पाँच रुपैयाँ इन्धनको मूल्य बढ्नेवित्तिकै स्वचालित रुपमा भाडा बढ्ने प्रणाली रहेको जिकिर गरे। उनले गत असारदेखि सार्वजनिक यातायातको भाडा बढेको छैन।

दोब्बर विदेशी मुद्रा बाहिरियो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि पेट्रोलियम पदार्थको लागि विदेशिने रकम ह्वातै बढेको छ। ६ महिनामा १ खर्ब २० अर्ब भन्दा बढी पेट्रोलियम पदार्थ आयातका लागि वाहिरिएको छ। गत वर्ष यही अवधिमा ५९ अर्ब ९२ करोड रुपैयाँ वाहिरिएको थियो।

इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा आयातको ग्राफ बढेको देखिएको छ। चालु वर्षको ६ महिनामा डिजेल ८ लाख ३० हजार २ सय ७३ किलोलिटर आयात भएको छ। यसको मूल्य भारतीय बजारमा मूल्य ६१ अर्ब ४७ करोड पर्छ। गतवर्ष डिजल ७ लाख ५३ हजार २०१ किलोलिटर आयात भएको थियो । यसको मूल्य भारतीय बजारमा ३२ अर्ब ९३ करोड थियो।

यस्तै पेट्रोल ३ लाख ७१ हजार ८ सय २० किलोलिटर आयात भएको छ। यसका लागि आयल निगमले २९ अर्ब २७ करोड तिरेको छ। । गतवर्ष पेट्रोल २ लाख ८४ हजार ७९ किलोलिटर आयात भएको छ। यसको भारतीय बजारमा मूल्य १२ अर्ब ९६ करोड थियो । यसैगरी एलपी ग्यास २९ अर्ब २३ करोड मूल्य बराबरको आयात भएको छ।

कर घटाउने छैन योजना

भारतमा इन्धनको मूल्य बढ्दै जादा सम्भावित असर रोक्न कर घटाएको छ। तर नेपालमा सरकारले कुनै तयारी गरेको छैन।

अघिल्लो केपीशर्मा ओली सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउने तयारी गरेको थियो। आयल निगमका अधिकारीले ओलीलाई पूर्वाधार कर घटाउन मनाएका पनि थिए। तर ओली सरकार ढल्यो।

अहिलेको सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको करका विषयमा सामान्य छलफल समेत गरेको छैन। पेट्रोलियम पदार्थको मूल्य बढ्दा सामान्य नागरिकदेखि औद्योगिक उत्पादनमा समेत असर गर्ने विषयलाई समेत नजरअन्दाज गरेर यो सरकार बसिरहेको छ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago