रुसलाई युद्धमा तान्न अमेरिका प्रयासरत : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेनमा जारी पछिल्लो टकरावलाई रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा अमेरिकाले प्रयोग गर्न खोजेको उनको दाबी छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरिरहेको पुटिनको भनाइ छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको हो । त्यसबारे पहिलो पटक सार्वजनिक धारणा राख्दै पुटिनले अमेरिकाका कारण तनाव थप गहिरिएको बताएका हुन् । यद्यपि उनले वार्ताको सम्भावना कायमै रहेको बताएका छन् ।
मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको भेटपछि पुटिनले भने, ‘मलाई लाग्छ अमेरिका युक्रेनको सुरक्षाबारे धेरै चिन्तित छैन । तर यसको मुख्य काम रुसको विकास रोक्नु हो । अमेरिकी लक्ष्यमा युक्रेन मोहोरा मात्र हो ।’ रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोकिनपर्ने बताउँदै आएको छ । तर उक्त माग अमेरिकालगायतका राष्ट्रहरूले बेवास्ता गर्दै आएका छन् । युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अन्य सदस्यहरू राष्ट्रहरूलाई पनि रुससँगै युद्धमा तान्न सक्ने पुटिनको चेतावनी छ ।

‘कल्पना गर्नुहोस्, युक्रेन नाटोको सदस्य भयो र क्राइमिया पुनः प्राप्त गर्ने सैन्य अभियान सुरु भयो भने के हुन्छ ? हामी नाटोसँग लड्न जाँदै छौं ?’ पुटिनले भने, ‘पछिल्लो समय यस्तो देखिएको छ । तर उनीहरूले त्यो सोचेकै छैनन् ।’युक्रेनले नेटोको सदस्यता लिए रुसलाई मान्य नहुने भन्दै राष्ट्रपति पुटिनले चिन्ता व्यक्त गरेका रुसी सञ्चारमाध्यमले जनाएका छन् । ‘ध्यान दिएर सुन्नुस्, एक सैद्धान्तिक कागजातका अनुसार युक्रेनले सैन्य शक्तिसहित पुनः क्राइमियामा फर्किने योजना बनाइरहेको छ,’ पुटिनले भने, ‘यो कुरा उनीहरूले खुलेआम नभने पनि गोप्य कागजातमा उल्लेख गरेका छन् ।’

रुसले युक्रेनको दक्षिणी क्राइमिया द्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको अमेरिकालगायतको आरोप छ । यद्यपि, रुसले त्यसलाई अस्वीकार गरिरहेको छ ।

युक्रेन सरकार पूर्वी क्षेत्रमा शान्ति पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागू गर्न असफल भएको रुसको आरोप छ । त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र अधिकांश क्षेत्र रुस समर्थित विद्रोहीको नियन्त्रणमा छन् । विश्वका सबैभन्दा ठूला आणविक हतियारसम्पन्न रुस र अमेरिकाबीचको पछिल्लो तनाव शीतयुद्धपछिकै ठूलो भएको जनाइएको छ । युक्रेन त्यतिबेला भने कम्युनिस्ट सोभियत संघको एक महत्त्वपूर्ण हिस्सा थियो ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि रुसले कुनै पनि आक्रमण गरे युरोपमा पूर्ण मात्राको युद्ध निम्त्याउने चेतावनी दिएका छन् । उनले त्यस्तो अवस्था आएको खण्डमा त्यो निकै दुःखद हुने बताएका बीबीसीले जनाएको छ । रुसले युद्ध नचाहेको भए युक्रेनी सीमाबाट आफ्ना सेना लगिनुपर्ने उनको भनाइ छ ।

तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सन हाल युक्रेनको भ्रमणमा छन् । बेलायतले युक्रेनलाई सैन्यलगायतका सहयोगसमेत प्रदान गरिसकेको छ । रुसी आक्रमणलाई युक्रेनी सेनाले सामना गर्ने जोन्सनको भनाइ छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago