यस वर्षको सोनाम ल्होछार पर्व परिवारसँग बसेर सामान्य रूपमा

काठमाडौँ — काभ्रेकी रस्मिला तामाङले यस वर्षको सोनाम ल्होछार पर्व परिवारसँग बसेर सामान्य रूपमा मनाइन् । तामाङ गोइलो (पहिरन) तथा कोम्हेन्दो नौनीको टीका लगाएर एकआपसमा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना आदानप्रदान गरे । घरमै मिष्ठान्न भोजन गरे ।
कोरोना महामारीका कारण टाढाका आफन्तजनसँग भेटघाट तथा सांस्कृतिक उत्सव सम्भव भएन । ‘कोरोना नभइदिएको भए सबै आफन्तहरू जम्मा भएर मनाउन हुन्थ्यो । भीडभाड गरे रोगको डर छ,’ उनले भनिन् ।
कोरोना फैलिन सक्ने भन्दै सरकारले भीडभाड नगर्ने सूचना जारी गरेकाले तामाङ समुदायले यस वर्षको सोनाम ल्होछार पर्व घर–घरमा बसेर सामान्य रूपमा मनाए । माघ शुक्ल प्रतिपदाका दिन पर्ने सोनाम ल्होछारलाई तामाङ मात्र नभई मंगोल समुदायले नै धेरै पहिलेदेखि मनाउँदै आएका छन् । मन्जुश्री संवत् २८५८ आंै सोनाम ल्होछार नयाँ वर्षका रूपमा यस समुदायले बुधबार ल्हाङ ल्हो (गोरु वर्ग) बिदाइ गर्दै ताक/च्यान ल्हो (बाघ वर्ग) को स्वागत गरेको छ ।

तामाङ भाषा अनुसार ल्हो को अर्थ भाषा र छार भनेको नयाँ हुन्छ । यस अवसरमा तामाङ समुदायमा लुङ्दर/दज्र्यु फहराउने, ल्हो फिर्ने अघिल्लो दिनदेखि घर–घरमा दीपावली गर्ने, कोम्हेन्दो (टोटलाको फूल) नौनी घिउको टीका लगाउने, गच्छेअनुसार तामाङ गोइलो लगाउने, आफन्तजनसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने चलन छ । ल्होछार पर्व तामाङ तथा समस्त मंगोल समुदायका लागि धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक रूपमा समेत अति नै महत्त्वपूर्ण रहेको नेपाल तामाङ घेदुङका अध्यक्ष तथा लेखक मोहन गोले तामाङले बताए । ‘प्रत्येक वर्ष ल्हो (वर्ष) फिर्नेबित्तिकै एउटा जनावरले शासन गर्छ र तामाङ तथा मंगोल समुदायमा विभिन्न गतिविधिहरू सञ्चालन सुरु हुन्छ,’ उनले भने, ‘ल्होअनुसार कुन अन्नबाली फाप्छ, के काम गर्दा राम्रो हुन्छ, कुन सालमा प्राकृतिक प्रकोप हुन्छ, शुभ कार्यका लागि समेत ल्हो हेर्ने प्रचलन रहिआएकाले मौसम विज्ञानसँग पनि ल्होछारको सम्बन्ध छ ।’
ल्होछारकै अवसर पारेर पुरानो ऋण तिर्ने, नयाँ ऋण लिएर उपार्जनको कार्य समेत थालनी गर्ने हुँदा यसलाई आर्थिक जीवनमा समेत जोडेर हेर्न सकिने गोलेको भनाइ छ । आफन्त भेटघाट, सांस्कृतिक नाचगान, जात र पहिचानका कुरा पछिल्लो समयमा उठान हँुदै आएकाले यसले सामाजिक सम्बन्ध, राजनीतिक जागरुकतासमेत ल्याउने उनले सुनाए ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा पशुपक्षी तथा जनावरहरूका नामबाट गणना गरी ल्होछारलाई १२ वटा वर्गमा विभाजन गरिएको हुन्छ । गोलेका अनुसार प्रत्येक वर्ग पाँच तत्त्व तथा पञ्च इन्द्रियसँग सम्बन्धित हुने भएकाले विवाह जस्ता शुभ कार्य तथा स्वास्थ्य विज्ञानका दृष्टिले समेत ल्होछार पर्वको महत्त्व रहिआएको छ ।

कोभिड–१९ कै कारण घेदुङले गत वर्ष जस्तै यस वर्ष पनि ल्होछारमा काठमाडौंस्थित टुँडिखेलमा गर्दै आएको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक महोत्सव कार्यक्रम गरेन । काठमाडौं उपत्यकामा रहेका तामाङ समुदायका केही व्यक्तिहरू भने तामाङ पहिरनसहित टुँडिखेलमा सहभागी भएका थिए । घेदुङले स्वास्थ्य सुरक्षा तथा मापदण्ड पालना गर्दै जमलस्थित राष्ट्रिय नाचघरमा सीमित व्यक्तिहरूको सहभागितामा घेदुङले शुभकामना आदानप्रदान तथा सांस्कृतिक गतिविधिसहितको कार्यक्रम गरेको थियो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago