“उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी”

जापान । जापानका लागि नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याँक संकलन सुरु गर्ने साथै “उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी” दिएको जानकारी गराउनु भएको छ।

बुधबार साँझ दूतावास कार्यालयमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारी सहित संचारकर्मीहरुसंग कुराकानी गर्दै राजदूत सुवेदीले आफु जापानवासी नेपालीहरुको अभिभावक भएकाले सवैको यथाअवस्था जानकारी राख्न तथ्याँक संकलन आवश्यक रहेको बताउनु भयो। टोकियो स्थित दूतावास कार्यालयमा आउने सेवाग्राहीसंगै अन्य हरेक नेपाली जापानमा नेपालको प्रतिनिधि हो भन्ने महसुस गराउन यसले सहज हुने भन्दै उहाँले आफ्ना नागरिक तथा परिवारको सदस्यको जानकारी समेत थाहा पाउन सजिलो हुने बताउनु भयो। यसका लागि केही दिन भित्र निर्देशिका लगायतका काम सुरु हुने जानकारी दिनुभयो।

सोही अवसरमा उहाँले आफनो चारवर्षै कार्यकालमा मुख्यगरि चार महत्वपूर्ण विषयमा केन्द्रीत रहेर काम गर्ने जानकारी दिनुभयो। नेपाल र जापानबीचको सम्वन्धलाई थप नयाँ उचाईमा पुर्याउने, जापानवासी नेपाली तथा जापानी नागरिक स्तरमा धार्मीक, सास्कृतिक, व्यवसायीक सहित बहुआयामिक सहयोग तथा सदभाव कायम राख्दै यसलाई नयाँ तवरले मजवुत सम्वन्ध अभिवृद्धि गर्न पहल गर्ने बताउनु भयो। यसैगरि सरकारी स्तरबाट नेपालको फोहोर मैला व्यवस्थापन र विपद व्यवस्थापनका लागि सहयोग जुटाउन औपचारिक रुपमा कुराकानी अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयौ। यस्तै राजदूतावासबाट प्रदान हुने सेवालाई सरल, सहज र सिघ्र बनाउन “नो टुमरो पोलेसी” (“आजको काम आजै” कार्यान्वयन गर्ने दावी गनुभयो। 

हाल राहदानी सेवा पासपोर्ट नविकरण तथा नयाँ बनाउन दैनिक ३२ जना नेपाली सेवाग्राहीले सेवा लिई रहनु भएकोमा यसलाई बढाएर दोब्बर बनाउने तयारी गरेको जानकारी दिनुभयो। यस्तै ई(पासपोर्ट बनाउन हाल दूतावास मै आउनु पर्ने अवस्थालाई घटाउन नेपालीहरुको घनत्व रहेका स्थानमा मोवाईल घुम्ती सेवा पुर्याउने तयारी गरिरहेको जानकारी दिनुभयो यसका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र स्थानिय स्तरमा रहेका नेपाली संघसस्थासंग सहकार्य गरेर काम गर्ने बताउनु भयो। 

बेलायतमा साढे चार वर्ष राजदूतको कार्यकाल पुरा गरेको अनुभव सुनाउदै राजदूत सुवेदीले जापान जस्तो निकट सम्वन्ध भएको देशमा पुन राजदूत भएको आए पश्चात रचनात्मक र सहज सेवा प्रदान गर्न सकिने विविध विषयमा तयारी गरिरहेको दावी गर्नुभयो। 

टेलिफोन सेवा सहज बनाउन हटलाईन संचालन हुने

यसैबीच राजदूत सुवेदीले जापानको टोकियो दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्वोधन गर्न जतिवेलापनि कुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको जानकारी दिनुभयो। यसैगरि सामाजिक संजालबाट समेत गुनासो र सेवा वारे जानकारी प्रदान गर्न अफिसियल नयॅा टुईटर र पुरानो फेसबुक पेजलाई सुचारू गरिएको जानकारी दिनुभयो। 

“उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी”

यसैबीच राजदूत सुवेदीले दूतावासका सुचना तथा आवश्यक जानकारीका लागि उपनियोग प्रमुख समेत रहनु भएका अम्बिकाप्रसाद जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी समेत थप गरिएको जानकारी दिनुभयो। 

समारोहमा दूतावसाका उपनियोग प्रमुख अम्विकाप्रसाद जोशी, प्रथम सचिव जीतबहादुर कार्की र तृतिय सचिव ज्ञानहरि ज्ञवालीको सहभागिता थियो। यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, उपाध्यक्षद्वय पुर्ण चलाउने, कुमार मोक्तान, कोषाध्यक्ष आनन्द कोइराला, सदस्य विश्वास आचार्य, संचारकर्मी शिक्षा शान्ति वाईवा,रमिता दोङ लगायतको सहभागिता रहेको थियो।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago