नयाँ डाइभर्सन पुन भासियो, सडक खुलाउन सास्ती

२०७९, १७ भाद्र शुक्रबार ०७:२०

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको हिउदेखोलामा बिहीवार बाट बन्द भएको सडक गए राती बाट परेको वर्षाकाे कारण बाटो पुनः भासीएर बाटो पुर्णरुपमा अबरुद्ध भएको छ । सवारीसाधन आवतजावत गर्न नमिल्ने दोभान प्रहरी जनाएको छ। बाटाे अत्यन्तै जाेखीम भएको हुदा यात्रा गर्दा बुझेर मात्रै हिड्नका लागी प्रहरीले अनुरोध गरेको छ। बुटवल पाल्पा खण्डको हिउदे खोला नजिकै सडक भासियर यातायात बिहीवार देखि पुर्ण रुपमा अबरुद्ध भएको थियो । सडक डिभिजन पाल्पाका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालका अनुसार नया डाइभर्सन बनाए पनी बर्षाका कारण पुन भत्किएको छ । जसका कारण राजमार्ग पुर्ण रुपमा अबरुद्ध बनेको हो ।

पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक भासिएको हो ।

Comments

ताजा खबर