एमसीसी अनुमोदन लगत्तै कर्मचारीका लागि आवेदन माग

काठमाडौं एमसीसी परियोजना कार्यान्वयनको तयारीका लागि मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले कर्मचारी माग गरेको हो। एमसीए-नेपालले कर्मचारी भर्नाका लागि बुधबार सूचना प्रकाशित गरेको छ।

फाइल फोटो

प्रतिनिधि सभाले १५ फागुनमा व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो। सत्तारुढ गठबन्धनका चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले यसको पक्षमा मत जाहेर गरेका थिए।

यो अनुमोदन भएसँगै बुधबार एमसीए-नेपालले सूचना प्रकाशित गरी कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको छ। यसमा प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफोर्म स्पेसिलिस्ट, असिस्टेन्ट इन्जिनियर, मोनिटोरिङ एन्ड इभ्यालुसन स्पेसिलिस्ट, आउटरिज कम्युनिकेशन असिस्टेन्ट, चालक र कार्यालय सहयोगी गरी १० जना माग गरिएको छ।

एमसीसी मार्फत आउने पाँच करोड डलर र नेपालले थप्ने गरी ६ करोड ३० लाख डलरको परियोजनामा विद्युत प्रसारण लाइन र सडक मर्मतसम्भार गरिनेछ। यो परियोजना कार्यान्वयनमा लग्न अघिको तयारीका लागि कर्मचारी माग गरिएको एमसीए-नेपालले जनाएको छ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago