एमसीसी अनुमोदन लगत्तै कर्मचारीका लागि आवेदन माग

काठमाडौं एमसीसी परियोजना कार्यान्वयनको तयारीका लागि मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले कर्मचारी माग गरेको हो। एमसीए-नेपालले कर्मचारी भर्नाका लागि बुधबार सूचना प्रकाशित गरेको छ।

फाइल फोटो

प्रतिनिधि सभाले १५ फागुनमा व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो। सत्तारुढ गठबन्धनका चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले यसको पक्षमा मत जाहेर गरेका थिए।

यो अनुमोदन भएसँगै बुधबार एमसीए-नेपालले सूचना प्रकाशित गरी कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको छ। यसमा प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफोर्म स्पेसिलिस्ट, असिस्टेन्ट इन्जिनियर, मोनिटोरिङ एन्ड इभ्यालुसन स्पेसिलिस्ट, आउटरिज कम्युनिकेशन असिस्टेन्ट, चालक र कार्यालय सहयोगी गरी १० जना माग गरिएको छ।

एमसीसी मार्फत आउने पाँच करोड डलर र नेपालले थप्ने गरी ६ करोड ३० लाख डलरको परियोजनामा विद्युत प्रसारण लाइन र सडक मर्मतसम्भार गरिनेछ। यो परियोजना कार्यान्वयनमा लग्न अघिको तयारीका लागि कर्मचारी माग गरिएको एमसीए-नेपालले जनाएको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago