भक्तपुरमा शौचालयमा झुण्डिएको अवस्था युवती फेला

भक्तपुर भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ बोडेस्थित एक शौचालयमा झुण्डिएको अवस्थामा युवती मृत फेला परेकी छन्।

सांकेतिक फाइल फोटो

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीकी श्रीमती २१ वर्षीया अस्मिता खड्गी मंगलबार राति शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार अस्मिता डेरा गरी बसेको घरको बाहिर इँटाको गारो लगाई जस्ताले छाएको शौचालयमा जस्ताको छानो अड्याउने काठमा सलको पासो घाँटीमा लगाई झुण्डिरहेको अवस्थामा भेटिएकी थिइन्।

‘अस्मिताका ८ वर्षका छोरा साइमन खड्गीले आमा शौचालयमा झुण्डिरहेको देखेपछि अरुलाई जानकारी गराएका रहेछन्’, उनले भने, ‘त्यसपश्चात प्रहरीलाई खबर गरिएको थियो।’

प्रहरीले उक्त पासो काटी उपचारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमी लगेको थियो। उपचारको क्रममा गएराति नै अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरी नायब उपरीक्षक पाण्डेले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago