भक्तपुरमा शौचालयमा झुण्डिएको अवस्था युवती फेला

भक्तपुर भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ बोडेस्थित एक शौचालयमा झुण्डिएको अवस्थामा युवती मृत फेला परेकी छन्।

सांकेतिक फाइल फोटो

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीकी श्रीमती २१ वर्षीया अस्मिता खड्गी मंगलबार राति शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार अस्मिता डेरा गरी बसेको घरको बाहिर इँटाको गारो लगाई जस्ताले छाएको शौचालयमा जस्ताको छानो अड्याउने काठमा सलको पासो घाँटीमा लगाई झुण्डिरहेको अवस्थामा भेटिएकी थिइन्।

‘अस्मिताका ८ वर्षका छोरा साइमन खड्गीले आमा शौचालयमा झुण्डिरहेको देखेपछि अरुलाई जानकारी गराएका रहेछन्’, उनले भने, ‘त्यसपश्चात प्रहरीलाई खबर गरिएको थियो।’

प्रहरीले उक्त पासो काटी उपचारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमी लगेको थियो। उपचारको क्रममा गएराति नै अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरी नायब उपरीक्षक पाण्डेले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago