काठमाडौं: अमेरिकी सहयोग सम्झौता (एमसीसी) का कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । एमसीसीलाई लिएर सबैभन्दा अप्ठयारो अवस्थामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनी व्यक्तिगत रुपमा एमसीसी सदनबाट अनुमोदन होस भन्ने चाहन्छन् । तर, पार्टीभित्रको अवस्था भने त्यस्तो छैन् ।
पार्टीकै शीर्ष नेताहरुले भने एमसीसी यथास्थितिमा पास गर्न नहुने भनेर सार्वजनिक रुपमै वक्तव्य दिईरहेका छन् । संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले त सत्ता गठबन्धन टुटेपनि आफूहरुलाई केही फरक नपर्ने तर एमसीसी पास गर्न सहयोग नगर्ने भनेर पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्पष्ट पारिसकेका छन् । एमसीसी संसद्मा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटापनि बाधक बनिरहेका छन् ।
उनले आफू मर्न तयार रहेको तर एमसीसी कुनैपनि हालतमा टेबुल नगर्ने भनेर प्रचण्डलाई पनि चेतावनी दिईसकेको कुरा बाहिर आएको छ । पार्टीभित्रका नेताहरुको असन्तुष्टि, सभामुखको भूमिका र गठबन्धनभित्रको अवस्थाका कारण प्रचण्ड ठूलो दबाबमा छन् । तर, प्रचण्डले आफूनिकट नेताहरुसँगको ब्रिफिङमा भने अब एमसीसी तत्काल अघि नबढ्ने बताउन थालेका छन् ।

उनले अब मुलुक स्थानीय तहको निर्वाचनमा जुटेकोले पार्टीको भूमिका पनि सोहीअनुसार हुने बताउन थालेका छन् । प्रचण्डले एमसीसी अब संघीय संसद्को निर्वाचन भएर नयाँ सरकार आएपछिमात्रै अघि बढाउनेबारे छलफल गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष यो प्रस्ताव राखिसकेका छन् । तर, देउवाबाट भने उनले सकारात्मक जवाफ पाएका छैनन् । देउवा जसरी भएपनि यही संसद्बाट एमसीसी अनुमोदन गराउने पक्षमा उभिएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago