काठमाडौं: कर्मचारीहरूलाई साँढे भनेर चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा विवादित व्यक्ति प्रदीप अधिकारीलाई नियुक्त गरेका छन् ।
मन्त्री आलेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । आलेले कनिष्ठ व्यक्तिलाई महानिर्देशक बनाएर सबैर्लाइ चकित बनाएका छन् ।
बतास समूहसँग पंगा लिएर चर्चित बनेका मन्त्री आलेले कनिष्ठलाई बाकेपछि वरिष्ठ व्यक्तिहरू तनावमा परेका छन् । महानिर्देशक बनेका अधिकारी ११औँ तहका हुन् । बतास समूहलाई आर्थिक र सामाजिक नोक्सानी गरेको भरपाई आलेले गर्नुपर्नेछ । अन्यथा आले जस्ता राजनीतिक व्यक्तिको गुण्डागर्दी झन् बढेर जानेछ । प्राधिकरणमा १२औं तहका धेरै कर्मचारी हुँदाहुँदै मन्त्री आलेले कनिष्ठ कर्मचारीलाई बोक्नुका बारेमा धेरै बोल्नु पर्दैन । मन्त्री आलेको बिगतको रेकर्ड गतिलो छैन । काठ तस्करीको आरोप खेप्दै आएका आलेले एमाले फुटाउनका लागि करोडौँ रुपियाँ खर्च गरेका थिए । त्यो पैसा उठाउन यस्तै कनिष्ठ व्यक्तिलाई आकर्षक पद दिएर असुली धन्धामा लागेको चर्चा छ ।

पहिला मन्त्री आलेले भ्रष्ट, कनिष्ठ र विवादास्पद भन्दै प्रदीप अधिकारीलाई १२औं तहको बढुवामा नाम छुटाइदिएका थिए । अहिले आएर मन्त्री आले एकाएक अधिकारीतिर मोडिएका छन् । १२औं तहका सिनियरलाई पाखा लगाएर आलेले अधिकारीलाई महानिर्देशक बनाएका हुन् । कनिष्ठ कर्मचारी अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउँदा मन्त्री आलेले १० करोडको चलखेल गरेको प्राधिकरणमा चर्चा छ । मन्त्री आलेले १० करोडमा र्‍याल चुहाएरै कनिष्ठलाई महानिर्देशक बनाएर वरिष्ठलाई पाखा लगाएको चर्चा छ । वतास प्रकरणमा चर्चा कमाएका मन्त्री आलेमाथि यसअघि क्यासिनोको लाइसेन्स बितरणमा घुस असुली गरेको आरोप लागेको थियो । आलेले गुण्डा नाइकेलाई समेत क्यासिनोको लाइसेन्स दिएका थिए ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन मन्त्री आलेसँग सेटिङ मिलाइदिएको चर्चा छ । न्यौपानेलाई पीएचडी अध्ययन गर्न सवै खर्च प्रयोजन यिनै अधिकारीले गरेको आरोप छ ।

महानिर्देशक नियुक्त भएका अधिकारी प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरू भैरहवा, पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखका थिए । त्यस क्रममा अधिकारीले एक खर्बको बजेट परिचालन गरेका थिए । यी गौरवका आयोजनाहरूको निर्माणदेखि परामर्शदाता छनौटमा अधिकारीले करोडौं रकम चलखेल गरेको आरोप छ ।

मन्त्री आलेले जति नै ठूला कुरा गरे पनि प्राधिकरणको महानिर्देशक नियक्त गर्ने कुरामा नाङ्गिएका छन् । मन्त्री आले र सचिव न्यौपाने नाङ्गेझार बनेका छन् । मन्त्री आलेले आफ्नो पक्षमा दुई/चार वटा अनलाईन र यूट्युबमा पैसा दिएर आफ्नो पक्षमा समाचार लेखाउँदै आएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago