‘साँढे मन्त्री’को घोटाला काण्ड बाहिरियो

२०७८, १९ माघ बुधबार १८:००

काठमाडौं: कर्मचारीहरूलाई साँढे भनेर चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा विवादित व्यक्ति प्रदीप अधिकारीलाई नियुक्त गरेका छन् ।
मन्त्री आलेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । आलेले कनिष्ठ व्यक्तिलाई महानिर्देशक बनाएर सबैर्लाइ चकित बनाएका छन् ।
बतास समूहसँग पंगा लिएर चर्चित बनेका मन्त्री आलेले कनिष्ठलाई बाकेपछि वरिष्ठ व्यक्तिहरू तनावमा परेका छन् । महानिर्देशक बनेका अधिकारी ११औँ तहका हुन् । बतास समूहलाई आर्थिक र सामाजिक नोक्सानी गरेको भरपाई आलेले गर्नुपर्नेछ । अन्यथा आले जस्ता राजनीतिक व्यक्तिको गुण्डागर्दी झन् बढेर जानेछ । प्राधिकरणमा १२औं तहका धेरै कर्मचारी हुँदाहुँदै मन्त्री आलेले कनिष्ठ कर्मचारीलाई बोक्नुका बारेमा धेरै बोल्नु पर्दैन । मन्त्री आलेको बिगतको रेकर्ड गतिलो छैन । काठ तस्करीको आरोप खेप्दै आएका आलेले एमाले फुटाउनका लागि करोडौँ रुपियाँ खर्च गरेका थिए । त्यो पैसा उठाउन यस्तै कनिष्ठ व्यक्तिलाई आकर्षक पद दिएर असुली धन्धामा लागेको चर्चा छ ।

पहिला मन्त्री आलेले भ्रष्ट, कनिष्ठ र विवादास्पद भन्दै प्रदीप अधिकारीलाई १२औं तहको बढुवामा नाम छुटाइदिएका थिए । अहिले आएर मन्त्री आले एकाएक अधिकारीतिर मोडिएका छन् । १२औं तहका सिनियरलाई पाखा लगाएर आलेले अधिकारीलाई महानिर्देशक बनाएका हुन् । कनिष्ठ कर्मचारी अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउँदा मन्त्री आलेले १० करोडको चलखेल गरेको प्राधिकरणमा चर्चा छ । मन्त्री आलेले १० करोडमा र्‍याल चुहाएरै कनिष्ठलाई महानिर्देशक बनाएर वरिष्ठलाई पाखा लगाएको चर्चा छ । वतास प्रकरणमा चर्चा कमाएका मन्त्री आलेमाथि यसअघि क्यासिनोको लाइसेन्स बितरणमा घुस असुली गरेको आरोप लागेको थियो । आलेले गुण्डा नाइकेलाई समेत क्यासिनोको लाइसेन्स दिएका थिए ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन मन्त्री आलेसँग सेटिङ मिलाइदिएको चर्चा छ । न्यौपानेलाई पीएचडी अध्ययन गर्न सवै खर्च प्रयोजन यिनै अधिकारीले गरेको आरोप छ ।

महानिर्देशक नियुक्त भएका अधिकारी प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरू भैरहवा, पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखका थिए । त्यस क्रममा अधिकारीले एक खर्बको बजेट परिचालन गरेका थिए । यी गौरवका आयोजनाहरूको निर्माणदेखि परामर्शदाता छनौटमा अधिकारीले करोडौं रकम चलखेल गरेको आरोप छ ।

मन्त्री आलेले जति नै ठूला कुरा गरे पनि प्राधिकरणको महानिर्देशक नियक्त गर्ने कुरामा नाङ्गिएका छन् । मन्त्री आले र सचिव न्यौपाने नाङ्गेझार बनेका छन् । मन्त्री आलेले आफ्नो पक्षमा दुई/चार वटा अनलाईन र यूट्युबमा पैसा दिएर आफ्नो पक्षमा समाचार लेखाउँदै आएका छन् ।

Comments

ताजा खबर