तराईका उडानमा मौसमी प्रतिकूलता, केही रद्द र केही उडान रिसेड्युलिङले यात्रुलाई हैरानी

काठमाडौं: काठमाडौंबाट तराईका गन्तव्यहरुमा हुने उडान मौसमी प्रतिकूलताका कारण प्रभावित भएको छ। बुधबार बिहानैदेखि भैरहवा, भरतपुर, जनकपुर र सिमराका लागि हुने उडानहरु प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
भिजिबिलिटी कम हुँदा विमानस्थल ढिला खुलेका छन्, केही अझै समस्या छ। भरतपुर, नेपालगञ्ज र भैरहवाको उडान नै रद्द भएको विमानस्थलले जनाएको छ। ‘विस्तार मौसममा सुधार आउँदै छ भन्ने जानकारी आएको छ। सिमरा र जनकपुर विमानस्थल भर्खरै खुला भएको छ,’ विमानस्थलका एक कर्मचारीले भने।

बुधबारका लागि बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, समिट, नेपाल वायुसेवा निगम लगायत वायुसेवा कम्पनीका १ सय १५ वटा उडानको तालिका छ। विमनस्थल खुल्ने प्रतीक्षामा केही उडान रद्द भएका छन्। विमानस्थल पुगेका यात्रु बेलामा उड्न नपाउँदा डोमेस्टिक टर्मिनलमा भीड भएको छ।

उडान प्रभावित हुँदाको समय यात्रुलाई पर्ने अप्ठ्यारोलाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरुले आफ्ना मोबाइल एपमार्फत अपडेट दिँदै जानकारी गराउँदै आएको जनाएका छन्। उडान प्रभावित भएका गन्तव्यमा यात्रुले बुधबारको उडान रिसेड्युल र रद्द गर्दै आएको वायुसेवा कम्पनीले जनाएका छन्।

बिहान र दिउँसो मौसम नखुलेर ढिला हुँदा भएपछि आन्तरिकतर्फ सुगम गन्तव्य राती अबेरसम्म उडान हुँदै आएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago