तराईका उडानमा मौसमी प्रतिकूलता, केही रद्द र केही उडान रिसेड्युलिङले यात्रुलाई हैरानी

२०७८, १९ माघ बुधबार १७:४३

काठमाडौं: काठमाडौंबाट तराईका गन्तव्यहरुमा हुने उडान मौसमी प्रतिकूलताका कारण प्रभावित भएको छ। बुधबार बिहानैदेखि भैरहवा, भरतपुर, जनकपुर र सिमराका लागि हुने उडानहरु प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
भिजिबिलिटी कम हुँदा विमानस्थल ढिला खुलेका छन्, केही अझै समस्या छ। भरतपुर, नेपालगञ्ज र भैरहवाको उडान नै रद्द भएको विमानस्थलले जनाएको छ। ‘विस्तार मौसममा सुधार आउँदै छ भन्ने जानकारी आएको छ। सिमरा र जनकपुर विमानस्थल भर्खरै खुला भएको छ,’ विमानस्थलका एक कर्मचारीले भने।

बुधबारका लागि बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, समिट, नेपाल वायुसेवा निगम लगायत वायुसेवा कम्पनीका १ सय १५ वटा उडानको तालिका छ। विमनस्थल खुल्ने प्रतीक्षामा केही उडान रद्द भएका छन्। विमानस्थल पुगेका यात्रु बेलामा उड्न नपाउँदा डोमेस्टिक टर्मिनलमा भीड भएको छ।

उडान प्रभावित हुँदाको समय यात्रुलाई पर्ने अप्ठ्यारोलाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरुले आफ्ना मोबाइल एपमार्फत अपडेट दिँदै जानकारी गराउँदै आएको जनाएका छन्। उडान प्रभावित भएका गन्तव्यमा यात्रुले बुधबारको उडान रिसेड्युल र रद्द गर्दै आएको वायुसेवा कम्पनीले जनाएका छन्।

बिहान र दिउँसो मौसम नखुलेर ढिला हुँदा भएपछि आन्तरिकतर्फ सुगम गन्तव्य राती अबेरसम्म उडान हुँदै आएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु