एजेन्सी । हरेक मानिसमा आ–आफ्नै किसिमको शौन्दर्यता एवं अरुलाई आकर्षण गर्ने गुण हुन्छ । त्यसमा पनि युवतिको सुन्दरताका विषयमा सधैँ चर्चा हुने गर्छ । तर केही यस्ता पनि युवति हुन्छन्, जो आफ्नो सुन्दरता बिना नै अरुलाई रुझाउन सक्षम हुन्छन् । शास्त्रअनुसार १२ राशिमध्ये चार राशि भएका महिलाहरुमा जस्तोसुकै पुरुषलाई आकर्षित गर्न सक्ने क्षमता हुन्छ । कुन–कुन राशि भएका महिलामा यस्तो गुण हुन्छ त ?
मिथुन राशिः मिथुन राशि भएका महिलाहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जस्तोसुकै पुरुषलाई पनि आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।
वृष राशिः वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुले भनेका कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।
वृश्चिक राशिः वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ । त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।
मीन राशिः मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…