नारायणगढ – मुग्लिन सडक खुल्याे

२०७९, १६ भाद्र बिहीबार १५:०३

चितवन । बिहान देखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका – २९ केराबारीस्थित नारायणगढ – मुग्लिन सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको थियो।

सडक विभागसँग समन्वयगरी पहिरो पन्छाएर बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयले जानएकाे छ । सडक विहान ६ बजे देखी अवरुद्ध थियाे ।

Comments

ताजा खबर