लुम्विनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सञ्चालन

पाल्पा – लुम्विनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सञ्चालन भएकाे छ । तानसेन नगरपालिका र लुम्विनी मेडिकल कलेजका बीचमा सम्झौता भएपछि कार्यक्रम सञ्चालन भएको हो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र लुम्वनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गाेपाल पाेखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे छ । लुम्विनी मेडिकल कलेज प्रभासमा गर्भवती महिलालाई सुत्केरी सेवा निशुल्क प्रदान हुनेछ ।

यो कार्यक्रम सञ्चालन भएपछि गर्भवती महिलाले सुत्केरी हुँदा अस्पतालमा सबै खालको सेवा निशुल्क पाउने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । यस्तै अस्पतालमा सुत्केरी हुन आएको यातायात खर्च, गर्भवती जाँचको खर्च समेत सुत्केरीले पाउने उहाँले बताउनुभयो । दुई वर्षदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा सुत्केरी महिलाले अस्पतालमा सुत्केरी खर्चवापत चर्को मुल्य तिर्न बाध्य भएका थिए । सरकारले सुत्केरी सेवावापत दिदैँ आएको रकम कम भएको भन्दै सेवा नदिने निर्णय लुम्विनी मेडिकल कलेजले गरेको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago