उदयपुर: उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्तेका ३७ वर्षीय शिवराज विकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले ७ वर्षदेखि खोरमा थुनेर राखेका हुन् । खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडा समेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारका सदस्यले बताएका छन् । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेटी लखेटी कुटपिट गर्ने गरेकाले खोरमा थुन्नु परेको उनीहरूले बताए । उनलाई अभिभावकले खानेकुरा समेत खोरमा राखि दिन्छन् ।

घरदेखि अलि पर बाँसघारीमा चारैतिर काठले बेरा बारेको माथि जस्ताले छाएको जमिनदेखि चार फिट अग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको छ । कमाएर ल्याउने छोरा नै मानसिक सन्तुलन गुमाएपछि अहिले परिवारमा बिहान बेलुकाको छाक टार्न समेत समस्या रहेको उनकी आमा सुमित्रा विकले बताईन् ।

कमाउन भनि २०६९ सालमा काठमाण्डौं गएका उनले कमाएर घरमा पैसा पठाइरहेका थिए । तर २०७२ को भूकम्पपछि उनी एकाएक हराए । खोजी गर्दै जाँदा उनी चितवनको नारायण नदी किनारामा मानसिक सन्तुलन गुमेको अबस्थामा फेला परेका थिए ।

त्यसपछि विराटनगर सुधार केन्द्रमा लगि उपचार गर्दा समेत केही नलागेपछि पुन छरछिमेकी स्थानीयवासीको सहयोगमा चन्दा उठाएर पाटन मानसिक रोग अस्पताल पुर्‍याएको र त्यहाँ उपचार गरेपछि ठिक भएर आएको आमा सुमित्राले बताईन् । ‘उपचारपछि ठिक भएर आएको केही महिनासम्म राम्रो भएकोले शिवरामको नागरिकता बनाई दिएका थियौं । उनले मलाई पासपोर्ट बनाई दिनु म पैसा कमाउन बिदेश जान्छु भन्दै थियो तर एक्कासी पुन मानसिक सन्तुलन गुमाउन पुग्यो’ उनले भनिन् ।

त्यसपछि असामान्य व्यवहार देखाउन थालिन् । उपचार गर्दा ठिक हुन्छ तर उपचार गर्ने खर्च नभएर आजसम्म खोरमै राख्नु परेको सुमित्राले बताइन् । पाटन अस्पतालमा उपचारपछि ठिक भएको र नियमित औषधि खानु पर्ने भयो तर औषधि किन्ने पैसा नभएपछि ठिक हुन सकेन । त्यसपछि उनलाई खोर बनाएर राखिएको हो ।

चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्ते माडिबासस्थित जंगल फडानी गरेर बसेका उनको परिवार ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका छन् । खोरिया फाडेर बसेका उनीहरुको ७ जनाको परिवार रहेको छ । जनता आवास कार्यक्रमबाट बनाई दिएको सानो घरमा बस्दै आएका उनीहरुको घर वरिपरि करिब ५ कठ्ठा ऐलानी जमिन बाहेक केही छैनन् । आफ्नै जग्गा जमिन नभएका बिक परिवारलाई मजदुरी गरेर खानु पर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका विक परिवारलाई हातमुख जोर्ने समस्या छ । सात जनाको विक परिवारमा शिवराम जेठो सन्तान हुन् ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको उनका भाई अर्जुन विकले बताए । दाजुलाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले पेटभरि खुवाउन समेत नसक्ने अवस्था छ ।’

आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोरा मानसिक रोग छ । उनलाई सम्हालेर राख्न नै समस्या छ । खोरमा राखेन भने अनेक उपद्रो गर्छ, आमाले भनिन् ।

छोरालाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने गरेको आमा सुमित्रा विकको भनाइ छ । ‘उपचारका लागि कसैले सहयोग गरि दिए हामी भगवान ठान्दै थियौं । घरको आर्थिक अवस्था कमजोर छ । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ’ उनले भनिन् ।

उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति सकिएकोले अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प नभएको आमा सुमित्राको भनाइ छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago