गौफ र ट्रेभिसान टेनिसको सेमिफाइनलमा

पेरिस: टिनएजर्स कोको गौफ र मार्टिना ट्रेभिसानले पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको सेमिफाइनलमा स्थान बनाउनेक्रममा मंगलबार फ्रेन्च ओपनको अन्तिम चारको यात्रा तय गरेका छन् । १५ वर्षको छँदै बिम्बल्डन ओपन खेल्ने सबैभन्दा कान्छी खेलाडी बन्नेक्रममै भेनस विलियम्सलाई पराजित गर्दै चौथो चरण पुगेर तीन वर्षअघि तहल्का मच्चाएकी अमेरिकी गौफले आफ्नै देशकी स्लोएन स्टेफेन्सलाई ७–५, ६–२ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन् । खाना अरुचिको समस्याबाट मुक्त भएर फर्किंदै व्यावसायिक टेनिस करिअरलाई नयाँ उचाइमा पुर्‍याएकी ट्रेभिसानले तीन सेटको प्रतिस्पर्धामा क्यानडेली १९ वर्षीया लेयलाह फर्नान्डेजको चुनौती ६–२, ६–७, ६–३ ले समाप्त पार्दै क्वाटरफाइनल पार गरिन् ।
विश्व वरीयतामा २३ औं स्थानमा रहेकी गौफ स्टेफेन्सविरुद्ध युएस ओपन २०२१ को बदला लिइन् । यससँगै उनले गत वर्ष पेरिसमा पछि च्याम्पियन भएकी बारबोरा क्रेसिकोभाविरुद्ध क्वाटरफाइनलमा बेहोरेको हारको सम्झनालाई पनि यसपालि मेटेकी छन् । तीन वर्षयता ग्रान्डस्लाममा पहिलोपल्ट क्वाटरफाइनल खेलेकी स्टेफेन्सले गौफलाई रोक्दै दोस्रो सेट आफ्नो पक्षमा पारे पनि सफलता हात पार्न सकिनन् ।

‘मैले धेरै खुसी महसुस गरेकी छु,’ १८ वर्षीया गौफले भनिन्, ‘गत वर्षको हार मेरो लागि निकै कठिन भएको थियो तर मलाई विश्वास भयो कि त्यो खेलले मलाई बलियो बनाइदियो ।’ उनले थपिन्, ‘पछिल्लो समय मैले स्लोएनविरुद्ध हारेकी थिएँ । अहिले फरक रह्यो । म अहिले मानसिक रूपमा उनीजस्तै बलियो भएकी छु, जुन अरूले गर्न सक्दैनन् ।’

विश्व वरीयतामा ५९ औं स्थानकी ट्रेभिसान गौफभन्दा १० वर्ष बढी उमेरकी हुन् । उनी सन् २०२० मा आश्चर्यजनक रूपमा क्वाटरफाइनल पुगेकी थिइन् । उनी पहिलो डब्लुटीए उपाधि राबत (मोरक्को) मा जितेर फ्रेन्च ओपनमा आइपुगेकी हुन् । उनको मंगलबारको सफलता लगातार ९ खेलको जित पनि हो । सारा इरानी (२०१३) पछि फ्रेन्च ओपनको सेमिफाइनल पुग्ने उनी पहिलो इटालियन हुन् । उनी विश्व वरीयताको शीर्ष ३० भित्र पुग्न सफल भइन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago