विवाद बढेपछि श्रेष्ठलाई भेट्न हात्तीवन पुगे दाहाल

२०७८, १७ फाल्गुन मंगलवार १६:५४

काठमाडौँ — एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अर्का नेता नारायणकाजी श्रेष्ठको निवासमा पुगेका छन् ।

फाइल फोटो

एमसीसी सम्झौतासँग संसद्‌बाट पारित गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आएका श्रेष्ठलाई भेट्न दाहाल मंगलबार दिउँसो श्रेष्ठ निवास ललितपुरको हात्तीवन पुगेका हुन् ।

श्रेष्ठ निकट स्रोतले भन्यो, ‘अहिले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता जारी छ ।’ दाहालले एमसीसी सम्बन्धमा प्रस्टिकरणका लागि सोमबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठलाई लक्षित गर्दै पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति दिएका थिए ।

पार्टीमा दाहालले एकलौटी गर्न थालेको भन्दै श्रेष्ठ पक्षधरले विरोध जनाइरहेका छन् । साथै उनीहरूले श्रेष्ठलाई पार्टी छोड्नसमेत दबाब दिइरहेको स्रोतको भनाइ छ ।

Comments

ताजा खबर