कर्फ्यू लागेपछि सुनसान बन्यो वीरेन्द्रनगर, २३ बन्दकर्ता पक्राउ

सुर्खेत । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार विहानैदेखि सुनसान बनेको छ ।

फाइल फोटो

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार बेलुकादेखि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको हो ।

प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएको छ । मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी आयोजना गरिएका विभिन्न कार्यक्रम स्थगित भएका छन् । यहाँका शिव मन्दिरहरु सुनसान बनेका छन् । भिडभाड हुने लाटिकोइलीको शिव मन्दिरमा केही फाटफुट भुक्ताहरुको उपस्थिति रहेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago