फाइल फोटो
काठमाडौँ । लोकप्रिय छोटो भिडियाे प्लेटफर्म टिकटकले भिडियाे अपलोडको समय बढाएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।
सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको ‘द भर्ज’ले जनाएको छ । १० मिनेट भिडियाेको लेन्थ लम्बाएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियाे अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियाेको लम्बाई क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ ।
पछिल्लो समय प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले अन्य भिडियाे शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडियाे अपलोड गर्न सकिने फिचर ल्याएको बताइएको छ । युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ ।
‘हामी प्रयोगकर्तालाई कसरी हुन्छ नयाँ फिचर दिन सकिन्छ भन्ने विषयमा अध्यययन गर्दै छौँ । गत वर्ष नै हामीले लामो समयसम्म अपलोड गर्न सकिने फिचर टिकटकमा ल्याएका थियौँ । यसलाई अब १० मिनेटसम्म अपलोड गर्न मिल्ने फिचर सार्वजनिक गरेका छौँ । यसले क्रियटर अझ क्रियटिभ हुन मद्दत गर्ने हामीले विश्वास लिएका छौँ ।’ टिकटकको जारी गरेको विज्ञप्तिमा भनेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…