काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका उडेकी छन् । उनी श्रीमान्, छोरी र छोरासहित सोमबार राति अमेरिका उडेकी हुन् ।एकसमय लोकदोहोरीमा विशेषगरी प्रेम विरही गीतका भिडियोमा उनी सर्वाधिक खोजिने मोडलमा पर्थिन् ।
‘क्षितिजपारि उनको बस्तीमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘घामले नि पोल्दियो’, ‘सानु कहाँ छौं’, ‘त्यो मन रुन्न होला र ?’, ‘प्रीतिको फूल’ जस्ता उनको अभिनय रहेका दर्जन गीतको भिडियोलाई दर्शकले रुचाएका थिए । विशेषगरी गायिका विष्णु माझीको स्वर रहेका गीतको भिडियोमा उनको अभिनय हुन्थ्यो ।
डेढ दशकभन्दा लामो समयदेखि मोडलिङमा सक्रिय रञ्जिताका पछिल्लो समय पनि एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका थिए । पछिल्लो समय ‘बन्दीपुरैमा’ उनको अभिनय रहेको पछिल्लो चर्चित गीत हो । दुई महिनाअघि सार्वजनिक भएको लोकगायक प्रेमराजा महतको यस गीतमा रञ्जिता उनीसँगै देखिएकी छन् ।
सफल चलचित्र ‘गोर्खा पल्टन’मा रञ्जिताले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् । उनलाई बिदाइ गर्न लोकदोहोरी मोडल महेन्द्र गौतम, निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) लगायत एयरपोर्ट पुगेका थिए ।
बिदाइको क्रममा रञ्जिताले आफू सन्तानको भविष्यका लागि पनि अमेरिका जान लागेको बताइन् । दर्शकले आफूलाई दिएको मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि काम गर्ने कोशिश रहने बताएकी छन् । लोकदोहोरी क्षेत्रमा कुनै समय चर्चामा रहेका अन्य केही मोडलहरु पनि यतिबेला अमेरिकामा छन् । पार्वती राई, रश्मी तामाङ लगायतका मोडलहरुले केही वर्षअघि नै अमेरिकालाई कर्मथलो बनाइसकेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…