प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारी

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति तोक्ने निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।

आउँदो जेठमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्न देउवाले आयोगका पदाधिकारीसँग मंगलबार दिउँसो छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ।

आउँदो ५ गते गते बहालवाल स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसअघि नै चुनाव गर्ने गरी सरकारले चुनावका मिति घोषणा गर्न लागेको हो।

सोमबार बागमती प्रदेशका कांग्रेस नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने बताएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्न सक्ने जानकारी दिए।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago