प्रधानन्यायाधीशको पक्षमा पनि सेतोपट्टी बाँधेर प्रदर्शन

१४ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर इजलास सुनुवाइ गर्नुपर्ने माग राख्दै कानुन र विधिसम्मत् अदालतको विकृति हटाउनुपर्ने, माइट इज राइट होइन, रुल अफ लअनुसार चल्नुपर्ने, अदालत पनि सुध्रिनु पर्ने, न्यायाधीशहरू पनि इजलासमा फर्किनुपर्ने मागसहित कालो र सेतो दुइटै पट्टी बाँधेर प्रदर्शन गरेको कानुन व्यवसायी भूमिनन्द चुँडालले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा आइतबार बिहानदेखि कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago