जापानले दियो नेपाललाई थप ११४ अक्सिजन जेनेरेटर

जापान । जापानले थप ११४ अक्सिजन जेनेरेटर नेपाललाई उपलब्ध गराएको छ।

कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउन अक्सिजन जेनेरेटर प्रदान गरिएको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ। जापानी कार्यवाहक राजदूत युसिओका युजोले नेपालका अस्पताललाई अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए। ‘हामीले दिएका उपकरणले नेपालका धेरै जनताको जीवन बचाउनेछन् भन्ने आशा लिएका छौँ’ उनले भने।

जापानले यसअघि जापानले २७४ वटा अक्सिजन जेनेरेटर नेपाललाई दिएको थियो। कोरोना महामारीकै बीच जापानले नेपालका ८ वटा अस्पताललाई एमआरआई मेसिन दिएको थियो।

त्यसैगरी ६ वटा एम्बुलेन्स, २५ वटा ब्लड ग्याँस एनलाइजर र २५ वटा पोर्टेबल अल्ट्रसाउण्ड इमेज डाइग्नोस्टिक सिस्टम जस्ता महत्वपूर्ण मेडिकल उपकरण सहयोगस्वरुप दिएको थियो। दुई महिना अघि जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिएको थियो। जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सहायता प्रदान गर्दै आएको छ। कोरोना महामारीपछिको पुनर्स्थापना कार्यक्रममा नेपाललाई सघाउन जापान तयार रहेको दूतावासले उल्लेख गरेको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago