दक्ष जनशक्ति लिन यूएईलाई नेपालको प्रस्ताव, यूएई सकारात्मक

यूएई । श्रम गन्तव्य देश यूएई दक्ष नेपालीलाई यूएईका विभिन्न क्षेत्रमा रोजगारीको अवसर दिन सकारात्मक देखिएको छ ।

फाइल फोटो

आबुधावी डाइलगमा सहभागी हुन यूएई आउनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले बुधबार आबुधावीमा रहेको नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य, बैंकिङ्ग तथा प्रविधि लगायतका क्षेत्रमा दक्षता भएका श्रमिकलाई रोजगारी दिन नेपालले राखेको प्रस्तावमा यूएई सकारात्मक देखिएको बताउनुभएको हो ।

यूएईमा जारी छैठौं आबुधावी डाइलगमा यस वर्ष नेपालले सीप युक्त जनशक्ति लिन र नेपालमा सिकेको सीपलाई मान्यता दिनु पर्ने विषय उठाएको छ । नेपालले राखेको प्रस्तावमा गन्तव्य देशहरू सकारात्मक देखिएका छन् ।

बुधबार नै मन्त्री श्रेष्ठले यूएई यूएईमा मानव संशाधन मन्त्री डाक्टर अब्दुल रहमान अब्दुल मनानसँग पनि भेटघाट गर्नुभएको छ । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भन्नुभयो,‘अब नेपालले अदक्ष मात्र होइन दक्ष श्रमिक पनि पठाउन तयार रहेको र दक्ष जनशक्ति पनि लिइदिन हामीले गरेको प्रस्तावमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको छ ।’

छलफलमा मन्त्री श्रेष्ठले नेपाली नागरिकको सुरक्षा र सुरक्षित रोजगारीको सवालमा सरकार गम्भीर रहेको  र रोजगार गन्तव्य देशसँगको छलफलबाट समाधान खोजिने पनि बताउनुभयो  ।

कार्यक्रममा सहभागीहरुले कामदारको सुरक्षा, कोरोनापछि रोजगारी गुमाएकाहरूलाई पुनः रोजगारीको वातावरण बनाउनु पर्ने, भिजिट भिसामा हुने ठगी नियन्त्रण, घरेलु कामदारको समस्या समाधान र रेमिट्यान्सको प्रयोगमा जोड दिनुपर्ने लगायतका विषय उठाएका थिए ।

नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल लगायत कार्यक्रममा बोल्दै विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकार, एनआरएनए र सरोकारवालाहरूले यहाँ समस्यामा परेका नेपालीको उद्धारका लागि राज्यले सामाजिक कोषमार्फत व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

रोजगार मुलुकमा ज्यान गुमाएका नेपालीको शव लैजान हुने ढिलाइ र   कोरोनाले ज्यान  गुमाएकाहरूको शवको अन्त्येष्टि गर्नसमेत चन्दा उठाउनु पर्ने अवस्था रहेको प्रति सरकारको ध्यान जानुपर्नेमा सहभागीले जाेड दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago