१७ जेठ, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजेदिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।
राप्तिसोनारी गाउँपालिका–७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति १०:१५ बजेमृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान५ बजे मृत्यु भएको छ ।
यस्तै नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो ४:४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको छ भने मध्य नेपाल नगरपालिका–४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान५:५० बजे मृत्यु भएको छ ।
यस्तै तुल्सीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान ५:१५बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै घोडाघोडी नगरपालिका–१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान ७ बजे मृत्यु भएकोछ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारकाक्रममा मृत्यु भएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…