पाल्पा, १८ चैत । नेपालमा दैनिक डढेलो लाग्ने क्रम बढेकाे छ । यससँगै वायुवण्डमा डढेलोको धूवाँ मिसिएपछि प्रदूषण पनि तिव् रूपमा बढेकाे पाइएकाे छ । पाल्पाका धेरैजसाे वनमा डढेलाे लागेकाे छ । तानसेनका १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा सबैभन्दा धेरै ४ सय ७९ हेक्टर जंगल डढेलोबाट सखाप भएको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।
कतिपय स्थानमा छिटो घाँस पलाउने बहानामा डढेलो लगाइएको हुन सक्ने तिनाउ सबडिभिजनका सहायक वन अधिकृत रामध्यान साहले बताए । कतिपय सामुदायिक वनमा भने बाहिरका मान्छेले डढेलो लगाइदिएका हुन् । डढेलोले जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको तिनाउ वन समन्वय समितिका पूर्वअध्यक्ष अमर प्रधानले बताए ।
खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । रैनादेवी छहरा–७ बल्ढेङगढीका उपभोक्ता रमेश खड्काले डढेलो नियन्त्रण गर्न खोज्दाखोज्दै नसकिएको बताए । चुरे र तराईसँग जोडिएका जंगलमा पनि डढेलो लागेको उनको भनाइ छ । ‘जंगली जनावर, चराचुरुंगी तथा वननजिकका बस्तीहरूमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नयाँ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या हुन्छ ।
डिभिजन वन, सबडिभिजन वन कार्यालयले जंगलमा लाग्ने डढेलोविरुद्धमा सचेतना कार्यक्रम गर्दै आएको छ । तर डढेलो लाग्न भने रोकिएको छैन । तिनाउ गाउँपालिकाअन्तर्गत तिनाउ वन समन्वय समितिले ८७ वटा सामुदायिक वन उपभोक्ता समूहको भेला बोलाएर ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहको अग्रसरता’ विषय र्याली तथा सभा आयोजना गरेको छ । तिनाउमा ८७ मध्ये ५० बढी सामुदायिक वन चुरे क्षेत्रमा पर्छन् । तिनाउकै चुरे क्षेत्रमा बढी आगलागी हुने गर्छ ।
आइतबार ५ सय २३ स्थानमा र सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको थियो । तराईका जिल्लामा मंगलबार अघिल्लो साताको तुलनामा डढेलो घटेको छ । ७ वटै प्रदेशका डिभिजन वन कार्यालयले केही हदसम्म डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । प्रदूषण बढेपछि बालबालिकालाई रूघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा समस्यापर्साको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
माधव अर्याल, कान्तिपुरकाे सहयाेगमा ।
काठमाण्डौं । गलबन्दी म्युजिक प्रा.लि.को आयोजनामा हुन लागेको ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ अन्तर्गत…
इलाम, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापा शाखाको छैठौं वार्षिक साधारण सभा २०८१ मंसिर १५…
बिर्तामोड, झापा–११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि सुरु हुने ‘झापा कप–२०८१’ को खेल तालिका…
बिर्तामोड, वीरता जेसिजले बिर्तामोड नगरपालिकाका स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू र आफ्ना सदस्यहरूका लागि नेतृत्व तथा व्यक्तित्व…
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…