खानेपानी अभावमा रुमल्लिदै जाउपोखाराका स्थानीय

भविन्द्र गौतम, पाल्पा, १८ चैत्र । खडेरी परेको लामो भयो । पानीका मुल सुकेका छन । खानेपानीको अभाब हुन थालेको छ । पानी लिनका लागी पधेरा सम्म जान घण्टौ हिड्नुपर्छ । परिवारको एक जना सदस्य पानीको लागी दिनभरिनै खटिनुपर्ने बाध्यता छ । करेसाबारिमा सबै तरकारीका बोट सुकेका छन । बस्तुभाउलाई ख्वाउने पानी छैन । जसका कारण उनिहरुको दिनचर्या कष्टकर बन्दै गएको छ ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको घरमा खानेपानीको समस्या अहिले पनी उस्तै छ । सरकारले एक घर एक खानेपानी धाराको नीति लिएको छ तर यहाँका स्थानीय भने सरकारी नितिको पहुच सम्म पुग्न सकेका छैनन । सरकारको नीति यहाँका स्थानीयको लागी भने ‘काग लाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेझै भएको छ ।

पाल्पाको माथागढी गाउँपालिका १ जाउपोखराका स्थानीय ६० घरधुरीकालागी दैनिक बिहान र साझ एक-एक घण्टामात्र सामुहिक खानेपानी धाराबाट पानी बितरण हुने गरेको छ । तर प्रयाप्त छैन । खानेपानीको ब्यवस्थापन प्रयाप्त हुन नसक्दा यहाँका स्थानीयले निकै सास्ती खेप्दै आएका छन । पानीको अभाबमा यहाँका स्थानीयले खेतीपाती गरेका छैनन । यहाँ तरकारी उत्पादन हुन सकेको छैन जसका कारण बाहिरबाट आयातित तरकारीको भर पर्नुपरेको छ । स्थानीय ५२ बर्षिय रेवत दर्लामीले भने “धेरै कोशिश गरेर बाटो ल्याउन सफल भयौ तर पानी भने पुर्याउन सकिएन” अब पालिकाले कसरी पानीको ब्यवस्थापन गर्छ प्रक्रिया गरेका छौ ।

एक गाग्री पानीका लागी झण्डै एक घण्टा समय खर्चनुपर्ने बाध्यता रहेको यस क्षेत्रमा खानेपानी योजना निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिन्छ भन्ने थियो तर त्यसो भएन । गाउमा ३ वटा पाइप लाइन बिस्तार गरि खानेपानी बितरण गरिएको छ । तर २ वटा पाइपलाइनमा पानी आउदैन । गाउँभन्दा १ किकोमिटर टाढा लिफ्टिङ्ग प्रबिधी बाट एक वटा पाइप लाइनमा पानी आउछ तर हावाहुरीका कारण बिजुलीको नियमित नहुने हुँदा प्रयाप्त पानी तान्न सक्दैन । अर्को १ किलोमिटर भन्दा टाढा ब्यादी बाट पाइपलाइन बिस्तार गरि ल्याईएको छ भने अर्को पनी १ किलोमिटर भन्दा टाढा रुमालडाडाबाट पानी ल्याइएको छ तर खडेरीका कारण मुल सुकेर अहिले पानी आउदैन ।

खानेपानीको अभाबका कारण १ किलोमिटर भन्दा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता यहाँका स्थानीयमा रहेको छ । खानेपानीको लागी जे-जति पहल पहिला नै भयो स्थानीय सरकार बनेपछि गाउपालिका बाट कुनै पहल र बिस्तार हुन सकेको छैन । ६४ बर्षिय छबिलाल गाहाले आफ्नो गाउमा खानेपानीको दु:ख यसरी पोखे “बस्तुभाउ पाल्न पानीको समस्या छ, परिवारको एकजना पानीको लागीनै दिनभरि खट्नुपर्छ अरु काम गर्ने सम्भब नै हुन सक्दैन विशेष गरेर बिहान र साझको समयमा खानेपानी बोक्नेको लामो लाम लाग्छ” । उनका अनुसार गाउमा कुनै कार्यक्रम पर्दा पानीको निकै समस्या हुने गरेको छ ।
बर्षाको समयमा पानी प्रयाप्त हुन्छ तरचैत, बैशाख र जेष्ठ यी तिन महिना पानीको अभाब भैरहन्छ ।

घर–घरमा धारा नहुँदा यहाँका स्थानीयवासीले सार्वजनिक धारा र कुवा पंधेराबाट खानेपानीको जोहो गर्दै आएपनी सरकारले घोषणा गरेको ‘एक घर एक धारा” महत्त्वपूर्ण कार्यक्रम बाट लाभ लिन सकेका छैनन। पानीको सहज उपलब्धता हुने ब्यवस्था मिलाई पानीकै लागि समय खर्चनुपर्ने अवस्थाको अन्त्य हुन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago