जेठ, १५ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गर्नुभएको छ । अज ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुगेको छ। सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको छ। यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ। नेपालमा १० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा, अपांगता क र ख वर्ग, लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ। हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…