जेठ, १५ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको दुई महिनाको योगदान रकम सरकारले बेहोर्ने बताउनुभएको छ । श्रमिकहरुको २०७८ जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने भएको हो । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत, श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत रकम मासिक रुपमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । यो योजनामा असंगठित क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई समेत समेटिने अर्थमन्त्रीले जानकारी दिनुभएको छ । निजि क्षेत्रका सबै श्रमिकका लागि सामाजिक सुरक्षा योजना सरकारले अनिवार्य गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…