सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको दुई महिनाको रकम सरकारले बेहोर्ने

२०७८, १५ जेष्ठ शनिबार १७:५१

जेठ,  १५ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको दुई महिनाको योगदान रकम सरकारले बेहोर्ने बताउनुभएको छ । श्रमिकहरुको २०७८ जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने भएको हो । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत, श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत रकम मासिक रुपमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । यो योजनामा असंगठित क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई समेत समेटिने अर्थमन्त्रीले जानकारी दिनुभएको छ । निजि क्षेत्रका सबै श्रमिकका लागि सामाजिक सुरक्षा योजना सरकारले अनिवार्य गरेको छ ।

Comments

ताजा खबर