नवलपरासी, १६ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकाले चक्रपथ निर्माण अगाडि बढाएको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

गाउँपालिकाका सबै ६ वटा वडालाई छुने गरी चक्रपथ बनाउन लागिएको हो । गाउँपालिका केन्द्र पूर्वपश्चिम राजमार्गबाट करीब ४५ किलोमिटर उत्तर पर्छ । कालीगण्डकी नदी किनारमा पर्ने यो गाउँपालिका पाल्पा र तनहुँसँग सिमाना जोडिएको छ । पहाडी क्षेत्रमा सडक पूर्वाधारविना अन्य विकासको सम्भावना नहुने भएपछि महत्वाकाङ्क्षी योजनाका रुपमा चक्रपथ बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले बताउनुभयो । सबै वडालाई चक्रपथमा समेटी गाउँपालिकाको कार्यालयसम्म सबैको सहज पहुँचका लागि यो योजना अगाडि बढाइएको जनाइएको छ ।

चक्रपथ निर्माणपछि सबै वडाको सहज पहुँच गाउँपालिकाको केन्द्र डेढगाउँसँग हुने र यसले गाउँपालिकाबाट प्राप्त गर्ने सेवा लिन स्थानीयवासीलाई सहजता मिल्ने उहाँले बताउनुभयो । निर्माणाधीन चक्रपथले माइतीघाट, चारघरे, बबक, नरम, रुचाङ, सिउन हुँदै डेढगाउँलाई जोड्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो । करीब ५२ किलोमिटर लम्बाइको चक्रपथ निर्माणका लागि साधारण मार्ग खोल्ने काम सकिएको तथा अहिले घुम्ती सुधार र स्तरोन्नतिको काम चलिरहेको उहाँले बताउनुभयो । प्रदेश र सङ्घसंँगको समन्वयमा चालु आर्थिक वर्षमा रु ८० लाख बराबरको काम हुँदै गरेको जनाइएको छ । यसबाट विभिन्न वडामा उत्पादन हुने कृषिजन्य उपजलाई बजारीकरणमा समेत सहयोग पुग्ने छ ।

‘चक्रपथ निर्माणले केन्द्रका रुपमा रहेको डेढगाउँलाई सहज रुपमा जोड्ने काम त गर्छ नै’, सुवेदीले भन्नुभयो, ‘हरेक वडामा उत्पादन हुने कृषिजन्य उपलाई बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ चक्रपथको स्तरोन्नति गर्दै क्रमशः केही क्षेत्रमा कालोपत्रे गर्ने योजनासमेत रहेको सुवेदीले बताउनुभयो । प्रदेश, सङ्घसंँगको समन्वयमा गाउँपालिकाले सडकको अवस्था सुधार गर्दै निकट भविष्यमा कालोपत्रे गर्ने जनाइएको छ ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago