नवलपरासी, १६ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकाले चक्रपथ निर्माण अगाडि बढाएको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

गाउँपालिकाका सबै ६ वटा वडालाई छुने गरी चक्रपथ बनाउन लागिएको हो । गाउँपालिका केन्द्र पूर्वपश्चिम राजमार्गबाट करीब ४५ किलोमिटर उत्तर पर्छ । कालीगण्डकी नदी किनारमा पर्ने यो गाउँपालिका पाल्पा र तनहुँसँग सिमाना जोडिएको छ । पहाडी क्षेत्रमा सडक पूर्वाधारविना अन्य विकासको सम्भावना नहुने भएपछि महत्वाकाङ्क्षी योजनाका रुपमा चक्रपथ बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले बताउनुभयो । सबै वडालाई चक्रपथमा समेटी गाउँपालिकाको कार्यालयसम्म सबैको सहज पहुँचका लागि यो योजना अगाडि बढाइएको जनाइएको छ ।

चक्रपथ निर्माणपछि सबै वडाको सहज पहुँच गाउँपालिकाको केन्द्र डेढगाउँसँग हुने र यसले गाउँपालिकाबाट प्राप्त गर्ने सेवा लिन स्थानीयवासीलाई सहजता मिल्ने उहाँले बताउनुभयो । निर्माणाधीन चक्रपथले माइतीघाट, चारघरे, बबक, नरम, रुचाङ, सिउन हुँदै डेढगाउँलाई जोड्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो । करीब ५२ किलोमिटर लम्बाइको चक्रपथ निर्माणका लागि साधारण मार्ग खोल्ने काम सकिएको तथा अहिले घुम्ती सुधार र स्तरोन्नतिको काम चलिरहेको उहाँले बताउनुभयो । प्रदेश र सङ्घसंँगको समन्वयमा चालु आर्थिक वर्षमा रु ८० लाख बराबरको काम हुँदै गरेको जनाइएको छ । यसबाट विभिन्न वडामा उत्पादन हुने कृषिजन्य उपजलाई बजारीकरणमा समेत सहयोग पुग्ने छ ।

‘चक्रपथ निर्माणले केन्द्रका रुपमा रहेको डेढगाउँलाई सहज रुपमा जोड्ने काम त गर्छ नै’, सुवेदीले भन्नुभयो, ‘हरेक वडामा उत्पादन हुने कृषिजन्य उपलाई बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ चक्रपथको स्तरोन्नति गर्दै क्रमशः केही क्षेत्रमा कालोपत्रे गर्ने योजनासमेत रहेको सुवेदीले बताउनुभयो । प्रदेश, सङ्घसंँगको समन्वयमा गाउँपालिकाले सडकको अवस्था सुधार गर्दै निकट भविष्यमा कालोपत्रे गर्ने जनाइएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago