जापानले दियो नेपाललाई थप ११४ अक्सिजन जेनेरेटर

जापान । जापानले थप ११४ अक्सिजन जेनेरेटर नेपाललाई उपलब्ध गराएको छ।

कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउन अक्सिजन जेनेरेटर प्रदान गरिएको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ। जापानी कार्यवाहक राजदूत युसिओका युजोले नेपालका अस्पताललाई अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए। ‘हामीले दिएका उपकरणले नेपालका धेरै जनताको जीवन बचाउनेछन् भन्ने आशा लिएका छौँ’ उनले भने।

जापानले यसअघि जापानले २७४ वटा अक्सिजन जेनेरेटर नेपाललाई दिएको थियो। कोरोना महामारीकै बीच जापानले नेपालका ८ वटा अस्पताललाई एमआरआई मेसिन दिएको थियो।

त्यसैगरी ६ वटा एम्बुलेन्स, २५ वटा ब्लड ग्याँस एनलाइजर र २५ वटा पोर्टेबल अल्ट्रसाउण्ड इमेज डाइग्नोस्टिक सिस्टम जस्ता महत्वपूर्ण मेडिकल उपकरण सहयोगस्वरुप दिएको थियो। दुई महिना अघि जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिएको थियो। जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सहायता प्रदान गर्दै आएको छ। कोरोना महामारीपछिको पुनर्स्थापना कार्यक्रममा नेपाललाई सघाउन जापान तयार रहेको दूतावासले उल्लेख गरेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago