बाढी पहिरो प्रभावितलाइ प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे सहयाेग

धादिङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याट रहेकाे छ । राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको र धादिङ लगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ,रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना समेत रहेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।
राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ,राज तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत,आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडाले राहत सामग्री ग्रहण गरेको थिए । परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपाने ,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सचिव नारायण तिमिल्सिना र राधा पोख्रेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणि मिश्रले प्रदान गरेको थिए ।
शनिबार धादिङवेसीमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव द्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र , खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ ,नीलकण्ठ नगर पालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थिति रहेको थियोे ।
bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago