पाल्पा १२ भदाै । नेपाल परिवार नियोजन संघ पाल्पालाई एम्बुलेन्स खरिद गर्न चेक हस्तान्तरण भएको छ । सामाजिक कार्यक्रममा सकृय रहेको रोटरी क्लब अफ तानसेन पाल्पाले एम्बुलेन्स खरिदका लागी चेक हस्तान्तरण गरेको हाे । शुक्रवार भएकाे सक्षिप्त कार्यक्रमका विचमा नेपाल परिवार नियोजन संघ पाल्पालाई १४ लाख ८९ हजार ९ सय २० रूपैयाँ काे चेक क्लबले हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि रो.इन्टरनेशल डिस्टिक ३२९२ डिजिएन रोट्यन राजेन्द्र प्रसाद ध्वजुले सामाजिक कार्य गर्न स्थापित भएको सस्थाले एम्बुलेन्स खरिद गर्नको लागि रकम हस्तान्तरण गरेको बताउनुभयो । समाजका विपन्न ,आर्थिक अवस्था कमजोर भएका समहु समक्ष पुगी नागरिकहरूको जीवनस्तरमा अवस्था सुधार ल्याउने खालका कार्यक्रम गर्न सस्था केन्द्रित भई कार्य सञ्चालन गरिरहेको बताउदै आगामी दिनमा एम्बुलेन्स खरिदले बिरामीहरूको उपचारमा सहजता ल्याउनको सहयोग पुग्ने क्लबले अपेक्षा गरेकाे ध्वजुले बताउनुभयो ।
कार्यक्रममा रोटी क्लब अफ पाल्पा तानसेनका अध्यक्ष शैलेन्द्र भट्टराईले विगत लामो समय देखि क्लबले सामाजिक कार्यमा सकृ भइ कार्य सम्पादन गर्दै आएको बताउनुभयो । क्लबले आर्थिक अवस्था कमजोर भएका तथा समाजमा कम अवसर पाएका समुदायहरूको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रम सम्पादन गर्दै आएको बताउनुभयो ।
अध्यक्ष भट्टराईका अनुसार क्लबले कोभिड महामारीको विषम परिस्थितिमा विरामीहरूलाई अक्सिजन सिलिन्डर प्रदान गरेको गोपाल्दीमा खानेपानी लिफ्टिङ्ग योजना, मिसन अस्पतालमा आकाशे खानेपानी टंकी निर्माण, मिसन अस्पतालमा बेडहरूमा अक्सिजन सिलिन्डर जडान, ह्यापी स्कुल, भिडियो एक्सरे, चर्पी सुधार कार्यक्रम, इ(लाइबेरी, मिसन अस्पतालमा फोहोर पानी व्यवस्थापन, पुर्वी पाल्पामा सिचाइको लागि कुलो निर्माण लगाएतका समाजका नागरिकहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने गरि ठुला ठुला प्राजेक्टको माध्यमबाट प्रत्यक्ष कार्य सम्पादन गरेकाे छ ।
चेक ग्रहण गर्दै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका उपाध्यक्ष ज्योतीराज भण्डारीले क्लबले सामाजिक सेवा गर्ने हेतुका साथ एम्बुलेन्स प्रदान गरेको धन्यवाद दिदै एम्बुलेन्स खरिद गरि सञ्चालन ल्याई समाजमा कम अवसर पाएका व्यक्तिहरूको सेवामा सस्थाले निस्वार्थ रूपमा सेवा लाग्ने बताउनुभयो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष, डिस्टिकका पदाधिकारीहरू,क्लकका सदस्यहरू,पत्रकार लगाएतको उपस्थिति रहेको थियो । बिरामीहरूलाई अत्यावश्यक पर्ने एम्बुलेन्स खरिदको लागि रकम हस्तान्तरण गरेकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…