संसारका कुनै पनि वस्तुहरू धर्म निरपेक्ष हुनै सक्दैन भने राष्ट्र कसरी हुन्छ – शंकराचार्य

कात्तिक ९, रुपन्देही । अनन्त श्री विभूषित श्री जगद्गुरु स्वामी शंकराचार्य निश्चलानन्द सरस्वती महाराजले नेपाल यस अघि पनि हिन्दू राष्ट्र रहेको, अहिले पनि हिन्दू राष्ट्र रहेको र भविष्यमा समेत हिन्दू राष्ट्र नै रहने बताएका छन् । रूपन्देही वासीकाे आयोजनामा नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान सहित भैरहवामा आयोजित आध्यात्मिक जागरण विराट एकता धर्म सभामा बोल्दै धर्मगुरु शंकराचार्यले हिन्दू राष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुने बताए ।

भारतको श्री गोबर्धन मठ पुरी–पीठका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वती महाराजले कुनै व्यक्ति वा वस्तु एक क्षणको लागि पनि धर्मनिरपेक्ष हुन नसक्ने उनले बताए । उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेकोले यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे । उनले नेपालबाट सुरु गरी यो अभियानलाई एशिया महाद्विपसम्म नै पुर्याउने बताए ।
आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्ण प्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगत गुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुशीको अनभुति भएको बताए । उनले महाराजबाट नेपाल र नेपालीको लागि महत्वपूर्ण सन्देश प्रवाह हुने बताए । आध्यात्मिक गुरु डा. चिन्तामणि योगीले नेपाललाई हिन्दू राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।

धर्म सभा सुरु हुनु अघि भैरहवामा शोभा यात्रा निकालिएको थियो । सिद्धार्थनगर–४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गदैै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट)मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ–संस्था लगायतको सहभागिता रहेको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago