संसारका कुनै पनि वस्तुहरू धर्म निरपेक्ष हुनै सक्दैन भने राष्ट्र कसरी हुन्छ – शंकराचार्य

कात्तिक ९, रुपन्देही । अनन्त श्री विभूषित श्री जगद्गुरु स्वामी शंकराचार्य निश्चलानन्द सरस्वती महाराजले नेपाल यस अघि पनि हिन्दू राष्ट्र रहेको, अहिले पनि हिन्दू राष्ट्र रहेको र भविष्यमा समेत हिन्दू राष्ट्र नै रहने बताएका छन् । रूपन्देही वासीकाे आयोजनामा नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान सहित भैरहवामा आयोजित आध्यात्मिक जागरण विराट एकता धर्म सभामा बोल्दै धर्मगुरु शंकराचार्यले हिन्दू राष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुने बताए ।

भारतको श्री गोबर्धन मठ पुरी–पीठका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वती महाराजले कुनै व्यक्ति वा वस्तु एक क्षणको लागि पनि धर्मनिरपेक्ष हुन नसक्ने उनले बताए । उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेकोले यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे । उनले नेपालबाट सुरु गरी यो अभियानलाई एशिया महाद्विपसम्म नै पुर्याउने बताए ।
आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्ण प्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगत गुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुशीको अनभुति भएको बताए । उनले महाराजबाट नेपाल र नेपालीको लागि महत्वपूर्ण सन्देश प्रवाह हुने बताए । आध्यात्मिक गुरु डा. चिन्तामणि योगीले नेपाललाई हिन्दू राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।

धर्म सभा सुरु हुनु अघि भैरहवामा शोभा यात्रा निकालिएको थियो । सिद्धार्थनगर–४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गदैै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट)मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ–संस्था लगायतको सहभागिता रहेको थियो ।

bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago