तानसेनका डेरी तथा मिठाई पसलको अनुगमन, नमुना परिक्षणका लागी पठाइयो

पाल्पा, ९ कार्तिक
दुग्धजन्य पदार्थबाट बनेका मिठाई, दूध लगाएत सामाग्रीको गुणस्तरमा कमि भएको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । पाल्पाका डेरी तथा मिठाई पसलहरूमा अनुगमन गरिएकाे हो । अनुगमनका क्रममा पसलहरुले लापरवाही गरेकाे भेटिएकाे हाे ।
साेमबार गरिएकाे बजार अनुगमनबाट नाै वटा नमूनाहरु प्रयाेगशाला परीक्षणका लागि भैरहवा पठाइएकाे खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । कार्यालय प्रमुख नरेश श्रेष्ठका अनुसार  तानसेनका मिठाइ तथा दूधकाे नमूना परीक्षणका लागि पठाइएकाे र केही दिनमा रिपाेर्ट प्राप्त हुने छ ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले केही दूध पसलहरूमा मिश्रित दूध बिक्रि वितरणमा लापरवाहि गरिएकाे हुन सक्ने आशंका रहेकाे र ल्याव परीक्षण पछि थप अनुगमन गरि कानून विपरितका कार्य भएकाे पाइएमा कारवाही गरिने बताए । उनले अनुगमनका क्रममा केही पसलहरूमा लापरवाही भेटिएकाे भन्दै फेरी लापरवाहि भेटिए कारवाही प्रक्रिया अगाडी बढाइने बताए ।
तानसेनकाे बसपार्कमा रहेकाे डायमण्ड बेकरिजमा धेरै लापरवाही देखिएकाे अनुगमन टाेलीकाे ठहर छ । किचनमा फाेहाेर रहेकाे, एउटै तेल धेरै पटक प्रयाेग गरेकाे, सामाग्रीहरूकाे सरसफाइमा ध्यान नदिएकाे तथा व्यवस्थापकीय पक्षमा ध्यान नदिएकाे पाइएकाे थियाे । तानसेन नगरपालिकाका प्रतिनिधी भरत आचार्यले अनुगमनका क्रममा धेरै मिठाइ पसलहरू समस्या देखिएकाे बताए ।

तानसेनकाे श्रीनगर डेरीकाे दूध तथा मिठाइ, डायमण्डकाे मिठाइ र गाेरसघरकाे दूध थप परीक्षणका लागि भैरहवा पठाइएकाे हाे । अनुगमन टाेलीले डायमण्ड हाेटलमा लामाे समयदेखी प्रयाेगमा रहेकाे झण्डै १२ लिटर तेल समेत नष्ट गरेकाे थियाे । चाडपर्वकाे समयमा दूध, मिठाइ तथा अन्य पसलहरूमा निरन्तर अनुगमन गरिने घरेलु तथा साना उद्याेग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले बताए । चाडपर्वको समयमा जस्तै बजारको अनुगमन सधैंभरी हुन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago