फाइल फोटो
काठमाडौं । नेकपा (एमाले)ले सरकारसँग आर्थिक प्रतिस्थापन विधेयक फिर्ता लिन माग गरेको छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीनदिनदेखि भएको केन्द्रीय कमिटी बैठकले संसदमा प्रतिपक्ष दलका महत्वपूर्ण कुरा उठाइरहेको बेला सरकारले आर्थिक विधेयक ल्याउने काम गरेकोले फिर्ता गर्न माग गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘सरकारले हाम्रो विरोधका बाबजुद पनि विधेयक ल्याएको छ । हाम्रो त्यसमा सहमति छैन,’ उनले भने ‘यो देशको राष्ट्रिय कानूनको विरुद्ध हुने र नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अनुबन्धित विपरीत रहेको छ ।’
उनले प्रतिस्थापन विधेयकका कारण अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्न सक्नेसमेत बताए । ‘नेपालमा स्रोत नखुलेको सम्पत्तिलाई खुला गर्ने जुन विधि प्रतिस्थापन विधेयकमा ल्याइएको छ । त्यसमा हाम्रो घोर आपत्ति रहेको छ,’ उनले भने, ‘कालोधनलाई प्रश्रय र वास्तविक लगानीकर्ता निरुत्साहित हुने सम्भावना बढाउँछ ।’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…