कन्ट्याक्ट ट्रेसिङ उपयोगी

काभ्रेस्थानीय तहले तीव्रता दिएकोकन्ट्याक्ट ट्रेसिङकोरोना संक्रमण नियन्त्रणमा उपयोगी देखिएको कन्ट्याक्ट ट्रेसिङ तीव्रबनाइएपछि समुदायमा रहेका संक्रमित पत्ता लागेका छन् भने सजकता पनि वृद्धि भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्

यसअघि संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेकाहरू निर्बाध हिँडडुल गर्दा संक्रमण फैलिरहेको थियो

धुलिखेल नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा संयोजक सन्दीप केसीले कन्ट्याक्ट ट्रेसिङले कोरोना नियन्त्रणमाधेरै तरिकाले सहयोग पुगेको तर्क गरेसमुदायमा रहेको संक्रमित पत्ता लगाउन पनि सहयोग गर्‍यो, अन्य मानिसलाई पनि यसले सचेतगराउने रहेछ,’ केसीले भने, ‘अर्को कुरा समुदायमा अरू पनि संक्रमित भएपछि उनीहरू जस्तै पनि निको हुन्छु भन्ने आत्मबल बढाएकोपनि पाइयो, कोरोना संक्रमण प्रमाणित भइसकेपछि तत्काल उपचार थाल्न पनि सम्भव भएको

कन्ट्याक्ट ट्रेसिङकै आधारमा एकै वडामा एक सय २५ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए धुलिखेल नगरपालिकालेसंक्रमणको जोखिम रहेका वडामा नियमित रूपमा कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिरहेको मण्डनदेउपुर नगरपालिकाकाकोभिड फोकल पर्सन दीपक घिमिरेले लक्षण नदेखिएका धेरैमा कन्ट्याक्ट ट्रेसिङमार्फत कोरोना संक्रमण पुष्टि भएको बताएशुक्रबारस्वाब संकलन गरी परीक्षण गरिएका ३५ मध्ये ३४ जनामा संक्रमण पुष्टि भयो, तीमध्ये २६ जनामा कुनै लक्षण छैन,’ घिमिरेले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा लक्षण नभएका संक्रमित पनि पत्ता लागेर संक्रमण नफैलिन सहयोग भएको

बनेपा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शम्भुकुमार महतोले संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङलाईप्राथमिकता दिएर स्थानमा स्वाब संकलन गरिएको जानकारी दिए

नगरका स्थानमा दैनिक स्वाब संकलन गरिरहेका छौं, कन्ट्याक्ट ट्रेसिङ गर्दा स्वाब संकलन गरिएकाहरू अलग्गै बस्ने भएकाले सर्नेसम्भावना पनि कम हुन्छ,’ महतोले भने, ‘तर धेरै जना परीक्षण गर्नै आउन मान्दैनन् परीक्षणको नतिजा आउन समय लाग्दा पनि समस्याभइरहेको

जिल्लाका अन्य स्थानीय तहले पनि कन्ट्याक्ट ट्रेसिङलगायत कामलाई जोड दिएका छन् पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिका, रोशी गाउँपालिकालगायत स्थानीय तहले दैनिक स्वाब संकलन गरिरहेका छन् पनौती नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोतमतिमल्सिनाले वडावडामा गरी हालसम्म करिब नौ सय ५० स्वाब संकलन गरिएको जानकारी दिए

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago