क्रिसमस डे को अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७८, ९ पुष शुक्रबार १७:३७

काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

नेपालमा शनिवारका दिन सार्वजनिक बिदा नै हुने गर्दछ ।

Comments

ताजा खबर