वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ I

कोरोना महामारीबाट थलिएको आर्थिक गतिविधि विस्तारै लयमा फर्किन थालेको छ ।

आयातनिर्यात परिमाणका आधारमा देशकै मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८÷७९ को वैदेशिक व्यापारको आँकडाले यस्तो संकेत गरेको हो ।

वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ । यो परिमाण गतवर्ष २०७७÷७८ को समीक्षा अवधिको तुलनामा उल्लेख्य बढी भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा यो नाकाबाट कुल २ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँबराबरको आयात निर्यात भएको छ ।

यो परिमाण गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँबराबर थियो । गत आव पहिलो २ महीना कोरोना महामहारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा रहेको र त्यसपछि बजार खुले पनि अन्योलले बजारले गति लिन सकेको थिएन । त्यसको प्रभाव वैदेशिक व्यापारको परिमाणमा परेको भन्सारका अधिकारीहरू बताउँछन् ।

२०७६ चैत ११ बाट लगाइएको बन्दाबन्दी र निषेधाज्ञा २०७७ भदौ अन्तिमसम्म जारी थियो । असोजदेखि निषेधाज्ञा हटाइए पनि दैनिकी सामान्य बन्न समय लागेको थियो । बन्दाबन्दी र निषेधाज्ञाको प्रतिकूल प्रभाव आन्तरिक उत्पादन र बजारमा पर्दा वैदेशिक व्यापार घटेको हो ।

चालू आवको कात्तिकसम्ममा वीरगञ्ज नाकाबाट २ खर्ब २४ अर्ब ७१ करोड रुपैयाँबराबरको विदेशी मालसामान भित्रिएको छ । यो अवधिमा ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निर्यात भएको छ ।

मूल्यका आधारमा गतवर्षको तुलनामा यो ४ महीनामा आयात ८० प्रतिशतले बढेको छ । निर्यात व्यापार २१८ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

गत आवको पहिलो ४ महीनामा १ खर्ब २५ अर्ब रुपैयाँ मूल्यको आयात हुँदा निर्यात १२ अर्ब ४४ करोड रुपैयाँको भएको थियो । वीरगञ्ज नाकाबाट पेट्रोलिम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थलगायत सामान बढी आयात हुन्छ । निर्याततर्पm प्रशोधित खाने तेल, जूस, पिना, कपडा, घागोलगायतको योगदान बढी छ ।

वीरगञ्ज भन्सार भएर सबैभन्दा बढी भारतीय मालसामान भित्रिएको छ । भारतबाट १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको मालसामान आयात हुँदा निर्यात ३८ अर्ब २ करोड रुपैयाँबराबरको छ ।

नेपालबाट हुने निकासी व्यापारको सबैभन्दा ठूलो बजार भारत हो । वीरगञ्ज भन्सारबाट भएको वैदेशिक व्यापारमा मात्रै भारतसँगको व्यापारघाटा १ खर्ब २० अर्ब रुपैयाँबराबर छ । चीनबाट १३ अर्ब ८९ करोडको मालसामान आउँदा निकासी १ करोड ३० लाख रुपैयाँको भएको भन्सारले बताएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago