सुरक्षा रणनीति तय गर्न सैनिक मुख्यालयमा छलफल

काठमाडौ ।नेपाली सेनाको बार्षिक नीति निर्माण गर्ने उदेश्यले प्रथम कमाण्ड सेनापति सम्मेलन बिहीबारबाट सैनिक मुख्यालयमा शुरु भएको छ । मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा छलफल गर्न र आगामी दिनमा अप्नाउने पर्ने रणनीतिका बारेमा उक्त सम्मेलनमा छलफल हुने भएको छ ।
फाइल फोटो

नेपाली सेनाले आफ्नो संरचनालाई कमाण्ड अवधारणामा लगेपछि पहिलो पटक उक्त सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको थियो । सम्मेलनमा ४ कमाण्डका प्रमुखहरु, मुख्यालय भित्र रहेको बिभागका प्रमुखहरु, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरुको सहभागिता रहेको छ ।सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको रणनैतिक तहमा सञ्चालन हुने यस किसिमको सम्मेलनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै आगामी दिनमा आउने चुनौतीको सामना गर्न सक्षम हुनु पर्ने बताउनुभयो ।

उहांले नेपाली सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कामको श्रोत सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास गर्ने जानकारी दिनु भएको थियो ।प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताउनु भयो । उहांले प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा सधै सेना अडिक विश्वास व्यक्त गर्दै देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसंग सरोकार राख्ने सबै प्रकारका गतिविधिका बारेमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिलाई सामना गर्न सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भएको थियो ।

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राष्ट्रिय सुरक्षाको संरक्षण र सम्बर्धनका लागि नेपाली सेनाले अघि सारेका सबै योजनाहरु, मूलतः नेपाली सेनाको दीर्घकालिन सोच–२०८७ तथा पुनर्संरचनाका कार्यको सफल कार्यान्वयनमा नेपाली सेनालाई आवश्यक पर्ने सुझाव वा सहयोग एवं सहजिकरणका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको जानकारी गराउनु भएको थियो। सम्मेलनमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण शुरु गरेका छन ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पछि प्राप्त हुने राय सुझावले आगामी दिनमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago