नेकपा एमालेका नेपालसहित २२ सांसदले स्पष्टीकरणको जवाफ दिए ।

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदले आज बिहीवार स्पष्टीकरणको जवाफ पठाएका हुन् ।

फाईल फोटो

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विश्वासको मत नपाएका ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिइ आफैँ प्रधानमन्त्री बन्न खोजेपछि त्यस्तो कार्यको विरोध स्वरूप विभिन्न क्रियाकलाप भएको र त्यसलाई विधान विपरीत भन्न नमिल्ने स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्रतिनिधि सभाको पुनर्स्थापना र वैकल्पिक सरकार बनाउन संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रक्रियामा प्रतिनिधि सभाको सदस्यको हैसियतले सहभागी भइ मतदान गरेको स्पष्टीकरण पत्रमार्फत भनिएको छ ।

‘सम्मानित सर्वोच्च अदालतले २०७८ असार २८ गते प्रतिनिधि सभाको पुनर्स्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधि सभाका सदस्यको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले त्यो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरेको छ’, पत्रमा भनिएको छ ।    

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago